शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई आकर्षक कम्पनीको आईपीओ असारभित्रै आउँदै, कति गर्ने लगानी ?

शुक्रबार, १९ असार २०७७, १४ : २४
शुक्रबार, १९ असार २०७७

काठमाडौं । असार महिनाभित्रै थप दुईवटा कम्पनीको शेयर आउने भएको छ । साधना लघुवित्त र अजोड इन्स्योरेन्सले असार महिनाभित्रै प्रारम्भिक साधारण निष्कासन (आईपीओ) गर्न लागेका हुन् । 

दुवै कम्पनीले नेपाल धितोपत्र बोर्डबाट शेयर निष्कासन गर्ने अनुमति पाएर बिक्रीका लागि आह्वानपत्र जारी समेत गरिसकेका छन् । जसअनुसार साधना लघुवित्तको असार २१ गतेदेखि २४ गतेसम्म तथा अजोडको असार २५ गतेदेखि २९ गतेसम्म यस्तो शेयर बिक्री खुला हुनेछ ।

साधना लघुवित्तले आफ्नो चुक्ता पुँजी २१ करोडको ३२.५ प्रतिशतले हुने ७ करोड ८ लाख ८ हजार रुपैंया बराबरको लाख ७ हजार ८ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । यसमध्ये कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्बसाधारणका लागि खुला गरिनेछ । यो शेयर १० कित्ताका दरले ६६ हजार १ सय ५२ जनाले प्राप्त गर्नेछन् । 

त्यस्तै, अजोड इन्स्योरेन्सले आफ्नो चुक्ता पुँजीको १ अर्बको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैंया बराबरका ३० लाख कित्ता शेयर बजारमा बिक्री गर्न लागेको हो । त्यसमध्ये ५ प्रतिशत शेयर कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर २७ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । यो शेयर २ लाख ७५ हजारले १०÷१० कित्ताको दरले प्राप्त गर्नेछन् । 

केही दिनअघि मात्रै एनआईशी एशिया लघुवित्तको आईपीओ बिक्री भएको थियो । असार १० गतेदेखि १४ गतेसम्म बिक्री भएको उक्त शेयरलाई लघुवित्त संस्थामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो सार्वजनिक निष्कासन मानिएको छ । सो शेयर आइतबार बाँडफाँट हुने बताइएको छ । यसमा आवेदन स्वीकृत भएका सबैले शेयर प्राप्त गर्ने निश्चित भएको छ । 

यो वर्ष ८ वटा कम्पनीले आईपीओ निष्कासनको अनुमति पाएका छन् । त्यसमध्ये महत्वपूर्ण शेयरको रुपमा आएको नेपाल पुनर्बीमा कम्पनीको शेयरको कारोबार सुरु भइसकेको छ । अन्य कम्पनीहरुमा शिवश्री हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, लिवर्टी इनर्जी कम्पनी र युनाइडेड मार्दी हाइड्रोवापर कम्पनी छन् । यी कम्पनीहरुले कुल ६ अर्ब ६० करोड रुपैंया साधारण शेयरहरु निष्कासन गरेका छन् ।

कुनमा कति कित्ता शेयर भर्ने ? 
आईपीओ आउन लागेका कम्पनीमध्ये अजोड निर्जीवन बीमा क्षेत्र तथा साधना लघुवित्त क्षेत्रको भएको कारण क्षेत्रगत रुपमा दुवै कम्पनीका सर्वसाधारणको आकर्षण बढ्छ । त्यसैले यसमा धेरै आवेदन पर्ने सम्भावना छ । एनआईशी एशिया लघुवित्तमा ४ लाखभन्दा बढी आवेदन परेको अवस्थामा यी कम्पनीहरुमा पनि सोही हाराहारीमा आवेदन पर्ने देखिन्छ । 

यस्तो अवस्थामा लक्की ड्रमार्फत् १० कित्ताका दरले आईपीओ बाँडफाँट हुने निश्चितजस्तै देखिन्छ । त्यसैले प्रतिव्यक्ति १० कित्ताको दरले आवेदन दिनु उपयुक्त हुन्छ । तर दोहोरो आवेदन र एउटै व्यक्तिको छुट्टाछुट्टै डिम्याट खाताबाट आवेदन दिँदा भने त्यस्तो आवेदनलाई रद्द गर्नसक्ने अधिकार कम्पनीसँग हुन्छ । सोही कारण यसरी दोहोरो आवेदन दिन नहुने विज्ञहरु सुझाव दिन्छन् । आवेदन डिम्याट खातासँगै लिङ्क भई सीआरएन नम्बर प्राप्त गरेका बैंक खाताबाट वा मेरोशेयरबाट समेत भर्न मिल्ने समेत जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप