बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेविसंघ नेतृत्वप्रति काँग्रेस सभापति देउवा आक्रोशित

शुक्रबार, १९ असार २०७७, १२ : ५०
शुक्रबार, १९ असार २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेविसंघ नेतृत्वप्रति आक्रोशित भएका छन् । 

नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले नेविसंघले संगठन विस्तारमा काम नगरेको भन्दै आक्रोशित भएका हुन् । 

उनले नेविसंघले गाउँगाउँमा, स्कुल स्कुलमा नेविसंघ बनाउन नसक्ने तर काठमाडौंमा भाषण गरेर बस्ने प्रवृतिले नेविसंघ कमजोर बनेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश व्यक्त गरे । 

अहिले गाउँठाउँ स्कुल कतैपनि नेविसंघ नरहेको र कुनैपनि स्कुलमा जित्ने हैसियत नेविसंघले नराखेको भन्दै आक्रोशित भए । 

पहिला गाउँ र स्कुलमा गएर नेविसंघ बनाएर मात्र आफूसँग कुरा गर्न आउन उनले विद्यार्थी नेताहरुलाई निर्देशन दिए । उनले भने, ‘राम्रोसँग गर्नुस्, नेविसंघलाई बलियो बनाउनुस् । गाउँठाउँमा सबै स्कुल कलेजमा जित्नुस् । जहाँ पनि हारेको हा¥यै छ नेविसघं लाजपनि छैन । हामी सबैठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँपनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जवसम्म नेविसंघ हुँदैन तवसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नी पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने । कहिले सभापतिलाई भने । एबाबा गाउँमा बोलाउ गाउँमा । स्कुलमा नेविसंघ बनाउ बनाउँदै बनाउँदैन् । अनि हारेको हा¥यै छ । सबै ठाउँमा कहाँबाट कम्युनिष्टले जित्यो यहाँ । कसरी जिते कम्युनिष्टहरु । उनीहरुले गाउँगाउँमा बनाए । काठमाडौंमा आएर बर्ताबर्ता भाषण गरेर केही हुने वाला छैन । गाउँमा जाउँ गाउँमा । गाउँमा बनाउ, गाउँको स्कुलमा बनाउ नेविसंघ, अनिमात्र झगडा गर्न आउ । केही नगर्ने मसित कुरा गर्ने ?’

उनले अहिले नेविसंघ भित्र देखिएको विवाद केही पनि नभएको र दुई पक्षबीच कुरा गरी समस्याको समाधान निकालिने बताए । उनले विद्यार्थीहरु आपसमा मिल्न नसक्नु नै मुख्य समस्या भएको पनि बताए । 
आफू अहिलेसम्म चारपल्ट प्रधानमन्त्री भएको तर अहिलेको कोहीँपनि विद्यार्थी नेताहरु भविष्यमा प्रधानमन्त्री बन्ने लायकको नभएको भन्दै लाज मान्नुपर्ने अवस्था आएको बताए । 

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । 

उनले कहिलेकार्ही कार्यक्रम नगरेपनि हुने र गर्नै परे अलि फराकिलो ठाउँमा थोरै मान्छे भेला भएर गरेको भए के हुन्थ्यो भन्दै आक्रोश व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप