शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बस्तीमाथिबाट पहिरो खस्दा दुई जनाको मृत्यु, एक वेपत्ता

शुक्रबार, १९ असार २०७७, १२ : १०
शुक्रबार, १९ असार २०७७

बुटवल – पहिरोका कारण गुल्मीको इस्मामा दुई जनाको ज्यान गएको छ ।

हिजोदेखि परेको अविरल वर्षाका कारण इस्मा गाउँपालिका–१ अन्तर्गत निस्तीको ढाँडफाँटमा गएराति बस्ती माथिबाट पहिरो खस्दा मल्दीका १८ महिनाका बालक सुरज सारु र ढाँडफाँटकी ७ वर्षीया बालिका अपिच्छा खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन् । पहिरोमा परी एक जना बेपत्ता भएका छन् ।

बालिकाकी आमा २८ वर्षीया इश्वरा खत्रीलाई भने स्थानीयले उद्धार गरेका छन् । बालिका पनि आमासँगै भागेकी स्थानीयले बताएका छन् ।

पहिरोसँगै बास बसेका मुसिकोट नगरपालिका–२ का भागिरथ घिमिरे सम्पर्कविहीन भएका छन् । पहिरोमा परी ६३ वर्षका टिकाबहादुर खत्री घाइते भएको प्रहरीले जनाएको छ । पानी परिरहेकाले  र सडक अवरुद्ध हुदाँ उद्धारमा समस्या आएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप