शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन

शुक्रबार, १९ असार २०७७, ११ : ४४
शुक्रबार, १९ असार २०७७

सुर्खेत – जिल्ला प्रशासन कार्यालय, सुर्खेतले सुरक्षा मापदण्ड पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समयमा सुर्खेत बजार खुला भई नागरिक भीड बढ्दै गएको र तोकिएको सुरक्षा मापदण्डअनुरुप व्यवसाय सञ्चालन नभएको गुनासो आएपछि प्रशासनले मापदण्ड पालना गर्न निर्देशन दिएको हो । 

व्यवसाय सञ्चालन गर्दा अत्यावश्यक सेवाबाहेकका अन्य पसल हप्तामा कम्तिमा एक दिन बन्द गर्न व्यवसायीलाई सूचना गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी पदमलाल लामिछानेले जानकारी दिए ।

“व्यवसायीलाई बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मात्र पसल खुला गर्न र मूल्यसूची टाँस्न निर्देशन दिइएको छ”, सूचना अधिकारी लामिछानेले भने, “होटल, रेष्टुराँलगायत खाजा, नास्ता पसलमा होम प्याकबाहेक सैलुन तथा ब्यूटीपार्लरलाई पूर्ण बन्द गर्न सूचना गरिएको छ ।” उनका अनुसार जोर बिजोर प्रणालीबाट यातायात सञ्चालन गर्न अनुमति दिएको प्रशासनले तीन पाङ्ग्रेलाई भने पूर्णरुपले बन्द गर्न निर्देशन दिएको छ । 

फलफूल, तरकारी, दूध, ग्याँस, औषधिलगायत अत्यावश्यकीय पसल भने निर्वाध खोलिने प्रशासनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप