बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकामा एकै दिन रेकर्ड ५० हजार बढी संक्रमित फेला

शुक्रबार, १९ असार २०७७, ०८ : ४०
शुक्रबार, १९ असार २०७७

अमेरिकामा बिहीबार एकै दिन थप ५० हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो ९ दिनमा ६ पटक एकै दिन भेटिएको संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । देशका सबैभन्दा धेरै जनसंख्या भएका राज्यहरुमा संक्रमितको संख्या बढेसँगै संक्रमितको सख्यामा रेकर्ड वृद्धि भएको हो ।

कम्तिमा ७ राज्यमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि भएको छ । बिहीबार अलास्का, अर्कान्सास, फ्लोरिडा, जर्जिया, मोन्टाना, साउथ क्यारोलाइना र टेनेसीमा संक्रमितको संख्यामा रेकर्ड वृद्धि देखिएको छ ।

यसअघि उत्तरपूर्वमा संक्रमण तीव्र गतिमा फैलिरहेकोमा यतिबेला दक्षिण र पश्चिममा पनि संक्रमितको संख्या बढिरहेको छ । मंगलबार संक्रामक रोगका विशेषत्र डा. एन्थोनी फाउसीले देशमा हरेक दिन १ लाख बढी संक्रमित फेला पर्न सक्ने चेतावनी दिएका थिए ।

यता, ट्रम्प प्रशासनले भने देशमा परीक्षणको दायरा बढाइएको कारण संक्रमितको संख्यामा वृद्धि भइरहेको बताउँदै आएको छ ।

स्रोतः न्युयोर्क टाइम्स

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप