शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामोशको पेनाल्टीमा रियललाई चार अंकको अग्रता

शुक्रबार, १९ असार २०७७, ०७ : २७
शुक्रबार, १९ असार २०७७

कप्तान सर्जियो रामोशको पेनाल्टीको मद्दतले रियल म्याड्रिडले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम गर्न सफल भएको छ ।

खेलमा गेटाफेले रियललाई निराश बनाउने देखिएको थियो । तर, दोस्रो हाफमा म्याथियास ओलिभेराले ड्यानी कार्भाहाललाई फल हानेपछि रियलले पेनाल्टी पायो । पेनाल्टीलाई रामोशले सजिलै गोलमा परिणत गरे । उनले लगातार २१ औँ पेनाल्टीबाट गोल गरेका छन् । खेलमा उनको एक मात्र गोल नै निर्णायक बन्यो ।

च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा रहेको गेटाफेले खेलमा राम्रो सुरुवात गरेको थियो । सुरुवात १२ मिनेटमा नै रियलका गोलकिपर थियाबट कोर्टवाले तीनवटा बचाउ गर्नु परेको थियो ।

निकै संघर्षपूर्ण बनेको खेलमा दुवै टोलीबाट १० खेलाडीले कार्ड पाएका थिए । खेलमा रियलले धेरै अवसर सिर्जना गर्न सकेन । लुका मोर्डिचको प्रहार लक्ष्यसम्म पुग्न सकेन भने करिम बेन्जोमाको प्रहारपनि पोष्ट बाहिर गएको थियो ।

३३ खेलपछि रियलको ७४ अंक रहेको छ भने बार्सिलोना ७० अंकसहित दोस्रो स्थानमा रहेको छ । अब बाँकी पाँच खेलमध्ये ४ मा जीत हासिल गरे रियल सन् २०१२ पछि लिग च्याम्पियन बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप