जबरजस्ती करणी मद्दामा फरार ४ जना पक्राउ
कैलाली । जबरजस्ती करणी मद्दामा फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार ४ जना लाई प्रहरीले खोज तलास गर्दै जादा बिभिन्न मितिमा पक्राउ गर्न सफल भएको हो ।
पक्राउ पर्नेमा कैलालीको कैलारी गाउपालीका वडा नं ८ लौसा बस्ने वर्ष २० का उमेश कठरिया, कैलाली लम्की चुहा नगरपालिका ४ बस्ने वर्ष २३ का दिनेश भनिने दिर्घ कोईराला र धनगढी बस्ने बर्ष २९ र ३० का २ जना लाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिस्टले रातोपाटी लाई जानकारी दिए ।
उपरीक्षक बिस्टका अनुसार धनगढी बस्ने १७ वर्षीया किशोरीलाई जेठ ७ गते जबरजस्ती करणी गरी उमेश कठरिया फरार रहेकाले प्रहरीले खोजतलास गर्दै जाँदा असार १७ गते पक्राउ गरि कैलाली जिल्ला अदालतवाट म्याद थप गरि अनुसन्धान भइरहेको छ ।
गत वर्ष माघ १ गते १६ बर्षिया किशोरीलाई जबरजस्ती करणि गरी फरार दिनेश भनिने दीर्घ कोईरालालाई असार १६ गते पक्राउ गरि कैलाली जिल्ला अदालतमा पेश गर्दा पुर्बपक्षका लागी कारागार चलान गरिएको उनले बताए ।
त्यसैगरी धनगढी बस्ने १६ वर्षीय दृष्टि बिहीन किशोरीलाई गत वर्ष आसरमा ४ जनाले सामुहिक जबरजस्तीकरणी गरि फरार ३ जना मध्ये वर्ष २९ र ३० का २ जना असार १७ गते पक्राउ गरि कैलाली जिल्ला अदालतमा पेश गरिएको र बयान नसकिएको ले हिरासतमा राख्न फिर्ता पठाएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?