शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ

बिहीबार, १८ असार २०७७, १९ : २९
बिहीबार, १८ असार २०७७

हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले घुस लिएको अभियोगमा एक जना कार्यालय सहयोगीलाई पक्राउ  गरी अनुसनधान प्रक्रिया अगाडि बढाइएको छ  ।  

विशेष सूचनाका आधारमा उक्त आयोगको कार्यालयबाट खटिएको टोलीले घरेलु तथा साना उद्योग कार्यालय बाराका  कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट  रु दश हजार घुस रकमसहित  पक्राउ  गरिएको आयोगको कार्यालयले जनाएको छ ।

होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै कार्यालय सहयोगी चौधरीले उक्त रकम मागेकाले उनलाई रङ्गेहात पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका कार्यालय सहयोगी चौधरीलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालय काठमाडौँ पठाइने तयारी भइरहेको आयोगको कार्यालय हेटौँडाका सूचना अधिकारी  शिवराज रेग्मीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप