शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेशमा थपिए थप १७ नयाँ संक्रमित, कुल सक्रमित संख्या १०३१ पुग्यो

बिहीबार, १८ असार २०७७, १५ : ५९
बिहीबार, १८ असार २०७७

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका १७ नयाँ केस थपिएको छ । लमजुङ र कास्कीमा गरि १७ नयाँ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकामा एक पुरुष सहित लमजुङमा १६ संक्रमित थपिएका हुन् । लमजुङमा थपिएका संक्रमितमध्ये बेँशीसहरमा ३ पुरुष, दोर्दीमा २, मध्यनेपालमा ४, दुधपोखरीमा एक, सुन्दरबजारमा ३ पुरुष र एक महिला, मस्याङ्दी र राइनासमा एक एक पुरुष गरि १६ नयाँ संक्रमित थपिएका छन् । 

थपिएका १७ जना संक्रमितको स्वाब पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकै प्रयोगशालामै गरिएको हो ।   यो सँगै प्रदेशको कुल संक्रमित संख्या १०३१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप