शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

शनिबार, २४ भदौ २०७४, ०५ : २३
शनिबार, २४ भदौ २०७४

बि.स.२०७४ भाद्र २४ गते । शनिबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ०९ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि तृतिया ०९ घडि ५८ पला, बिहान ०९ बजेर ४५ मिनेट उप्रान्त चतुर्थि । नक्षत्र रेवती १८ घडी ५२ पला,दिउँसो १ बजेर १९ मिनेट उप्रान्त अश्विनी । योग वृद्धि ३७ घडि २५ पला,बेलुका ८ बजेर ४४ मिनेट उप्रान्त ध्रुव । करण भद्रा, बिहान ०९ बजेर ४५ मिनेट उप्रान्त वव,बेलुका ९ बजेर ० मिनेट उप्रान्त । आनन्दादिमा धाता योग । चन्द्ररासि मिन,दिउँसो १ बजेर १९ मिनेट उप्रान्त मेष । पञ्चक समाप्त । चतुर्थि श्राद्ध । 

काठमाडौंमा सूर्योदय ०५ बजेर ४६ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर १४ मिनेट जादा । दिनमान ३१ घडी ०८ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुँनेछ सचेत रहनुहोला । व्यापार व्यावासाय खस्केर जानेछ भने बिदेशी सामानको व्यापार बढेर जाने योग रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँने तथा बिदेशमा  हुँनेहरुले मनग्गे धन सम्पति जोड्ने ग्रहयोग रहेकोछ । गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । घरायसि कुरामा आफन्तहरु बिच मनमुटाव सिर्जना हुँनेछ भने माया प्रेममा घटपट हुँने योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ । मध्यान्हपछिको समयमा लामो दुरिको देश बिदेशको यात्रा हुँनेछ । 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ व्यावसाय थालनि गर्न सकिने तथा भनेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिष्पर्धिहरु आफै किनारा लाग्ने तथा सफलताको सिडि चड्न सकिनेछ ।  क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनिति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ । प्रेममा रमाउँन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सरकारि काममा ढिला शुस्तिको चपेटामा परिनेछ । व्यापार व्यापारमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ । मध्यान्हबाटद समय राम्रो रहेकोले धर्म कर्ममा मन जानेछ । दैनिक कामहरु तिब्र गतिमा सुचारु हुँनेछन् । प्रशासनि काममा तपाईको राम्रो उपस्थिति रहनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाको सामना गर्नु पर्नेछ । समयलाई बेवास्ता गर्दा समयले तपाईलाई निकै पछि छाड्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा बढोत्तरिको योग रहेकोछ भने थोरै लगानिबाट यथेष्ट लाभ लिन सकिनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा आउँने भएको हुँनाले न्याय पाएको अनुभुति हुँनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । साझपख व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धि न्यून हुँनेछ । बिलाशि जीवन जीवन खोज्दा फन्दामा पर्ने योग रहेकोछ । भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिकताको लडाईमा तपाईकै नाम उच्च स्थानमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । शिक्षा तथा शेयर बजारमा गरिएको लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुँने हुँनाले दैनिकी सहज हुँनेछ । अध्ययनमा मन जाने हुँनाले नतिजाको अपेक्षा गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले मुद्दामामिलामा सामेल नहुँनु नै राम्रो रहेकोछ । सत्रु लाग्ने तथा स्वास्थ्य बिग्रने हुँदा ध्यान दिनु जरुरि छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यापार व्यावसायमा आम्दानि कम हुँनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुँनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउँने योग रहेकोछ । मध्यान्हपछिको समय राम्रो रहेकोले अध्ययन तथा अध्यापनमा सुधार गर्न सकिनेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । मन मिल्ने साथिबाट उपाहार तथा माया पाउँदा मन प्रशन्न हुँनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले सामाजिक काम गर्दै हुँनुहुन्छ भने ख्याल गर्नुहोला सामाजिक मान सम्मानमा आघात पुग्न सक्छ । आफन्त तथा आमा सँग टाडिएर देश परदेशको यात्रा गर्नुपदा मन खिन्न हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) आत्मिय मित्र तथा साभिभाईहरुको सहयोगले सकारात्मक कामहरु गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्निबित बिश्वासको बाताबरण बढ्नेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै मनग्गे आम्दानि गर्न सकिनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले यात्राका क्रममा दुख हुँन सक्छ ध्यान दिनुहोला । दाजुभाई तथा छिमेकिसँग मनमुटाव सिर्जना हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  पढन पाढनमा ध्यान जाने छैन भने बिभिन्न अवसर आएपनि निर्णय क्षमताको अभावले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका तथा घरपरिवारमा आफन्तसँग घरायसि कुरामा राय बाजिनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाई लेखाईमा मन जाने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरि हुँनेछ भने आम्दानिका नयाँ बाटाहरु फराकिला हुँनेछन् ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौ, फोन नं.९७४१०६८९६२

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप