शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा निस्किए युवा (फोटोफिचर)

बिहीबार, १८ असार २०७७, १३ : ४५
बिहीबार, १८ असार २०७७

काठमाडौं । पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला केही युवाहरुले बिहीबार राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जुलुस निकालेका छन् । युवाहरुले प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रो काम गरेको भन्दै उनको समर्थनमा जुलुस निकालेका हुन् ।

राजधानीको माइतीघर क्षेत्रमा भेला भएका युवाहरुले ओलीको तस्बिर र लिप्पियाधुरा समेटिएको नेपालको नक्सा र ब्यानरसहित जुलुस निकालेका हुन् । उनीहरुले ओलीले भारतले मिचेको लिप्पियाधुरासहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै सपोर्ट पीएम केपी ओली ह्यासट्याग समेत प्रयाग गरेका थिए ।

पार्टीभित्र ओलीले भारतले आफ्नो सरकार ढाल्न खोजेको भन्दै अभिव्यक्ति दिएपछि विवाद बढेर उनले राजीनामा दिनुपर्ने दबाब बढिरहेको बेला ओलीको समर्थनमा जुलुस प्रदर्शन भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप