बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सैफ अली खानले भने, ‘म पनि परिवारवादको शिकार भएँ तर कसैले कुरा गर्दैन’

बिहीबार, १८ असार २०७७, १२ : ४२
बिहीबार, १८ असार २०७७

सुशान्त सिंह राजपूतको निधनपछि हिन्दी सिनेमा उद्योगमा लगातार नातावाद र गुटबन्दीको बहस तीब्र भएको छ । सोसल मिडियादेखि अन्तरवार्तासम्म  अब सेलिब्रिटीले यसबारे खुल्ला रुपमा आफ्नो कुरा राख्न थालेका छन् । सैफ अली खानले हालै नातावादबारे मुख खालेका छन् । उनले आफू पनि नातावादको शिकार भएको बताउँदै कसैले पनि यसबारे कुरा नगरेको जानकारी दिए ।

सुशान्तको मृत्युपछि बलिउड नायिका कंगना रनौतले नातावादको विषय उठाइन् । सोसल मिडियामा उठेको यो बहसमा बलिउड नायक सैफ अली खानले आफ्नो विचार राखेका छन् । उनले भने, ‘नेपोटिजम, फेभरिटिजम र ग्याङ्गिजमबारे मानिसहरुले आफ्नो विचार पोखिरहेका छन् । यो राम्रो कुरा हो । यसलाई उदाङ्गो पार्न आवश्यक छ । ’

द न्यू इन्डियन एक्सप्रेससँगको कुराकानीमा सैफले भने, ‘फिल्मी क्षेत्रका थुप्रै मानिसहरुले यो विषयमा आफ्नो अनुभव साझा गरेका छन्, मलाई खुसी लागेको छ । म पनि नेपोटिजमको शिकार भएको छु तर यसबारे कसैले पनि कुरा गरेको छैन ।’

उनले कफी विद करणको त्यो भागको पनि कुरा गरे जसमा कंगना पुगेकी थिइन् । उनले भने, ‘मलाई कंगनाले कफी विद करणमा के भनिन्, त्यसबारे थाहा छैन किनभने म त्यसरी सोच्दिनँ । जहाँसम्म करणको प्रश्न छ, उनले आफूलाई एउटा ठूलो प्रतिक बनाएका छन् ।’

उनले थपे, ‘वास्तविकता सधैं जटिल हुन्छ । यसमा अझै धेरै कुरा छन् तर मानिसहरुलाई यसमा रुची छैन ।’

मलाई आशा छ कि यो चाँडै नै समाप्त हुनेछ र राम्रो कुरा चम्कनेछ ।

सैफ अली खानले सुशान्त सिंह राजपूतको अन्तिम फिल्म दिल बेचारामा क्यामियो गरेका छन् । उनले सुशान्तलाई निकै प्रतिभाशाली र आकर्षक नायक बताए । उनले भने, ‘मलाई लाग्थ्यो उनको भविष्य उज्ज्वल हुनेछ । उनी मसँग निकै नरम थिए र मेरो गेस्ट अपियरेन्समा उनी अत्यधिक खुसी थिए । उनले थुप्रै विषयबारे कुरा गर्दथे । जसमा एस्ट्रोनोमी र फिलोसोफी समावेश छन् । मलाई यस्तो लाग्यो कि उसलाई मभन्दा धेरै कुरा थाहा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप