सुशान्तले आत्महत्या अघि गुगलमा यो कुरा सर्च गरेका थिए, मोबाइलको फरेन्सिक रिपोर्ट सार्वजनिक
बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्याको विषयमा प्रहरी अनुसन्धानमा जुटेको छ । भारतीय सञ्चार माध्यमले पनि लगातार उनको आत्महत्या पछिको खबर फलोअप गरिरहेका छन् । हालै उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट सार्वजनिक भएको छ ।
भारतीय सञ्चार माध्यम जीन्यूज इन्डियाका अनुसार सुशान्तले १४ जूनमा आत्महत्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै नाम सर्च गरेका थिए ।
उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेका थिए । त्यसपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए ।
स्रोतले दाबी गरे अनुसार सुशान्त सिंह राजपूतसँग नजिक भएकाहरुले प्रहरीलाई दिएको बयानमा सुशान्त पछिल्लो केही समयदेखि मानसिक समस्यासँग गुज्रिरहेको र उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको जस्तो लाग्छ । पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे । उनलाई सायद यस्तो लाग्थ्यो कि कसैले उनलाई बदनाम गर्नका लागि षड्यन्त्र रचिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा