शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविधि र फेसनको सम्मिश्रण भिभो भी१९ नेपाली बजारमा, स्मार्टफोन उद्योगकै उत्कृष्ट सेल्फी र डिजाइन

बुधबार, १७ असार २०७७, २१ : १४
बुधबार, १७ असार २०७७

काठमाडौं– भिभोले बुधबार नेपाली बजारमा आफ्नो नयाँ उत्पादन भी १९ सार्वजनिक गरेको छ । जसमा ३२ प्लस आठ मेगा पिक्सेलको सुपर वाइड एंगल डुअल फ्रन्ट क्यामेरा, सुपर एमोलेड फूल एचडी प्लस डिस्प्ले र अल्ट्रा ओ स्क्रीन डिजाइन रहेको छ ।

एक्स्ट्रा अडिनरी सेल्फी क्यामेरा, कटिङ एज प्रविधियुक्त आएको भिभो भी १९ ले प्रयोगकर्तालाई मोबाइल प्रयोगको नवीनतम् अनुभव प्रदान गर्नेछ । प्रयोगकर्ताको नयाँ आकांक्षा अनुसार नयाँनयाँ आविष्कारलाई बजारमा ल्याउँदै आएको छ ।

सेल्फीमा उद्योगकै नेतृत्वदायी प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट कार्यक्षमता भएका कारण यो फोन क्यामेरा र रमाइलो फिचर खोज्ने युवा पुस्ताका लागि एउटा उत्कृष्ट विकल्प हो । भी १९ ले युवा पुस्तामा एउटा नयाँ ट्रेन्ड सेट गर्न सफल हुने कम्पनीले बताएको छ । यसै यसमा प्रयोग भएको क्यामेरा सेटिङले रातको समयमा लिइने फोटोग्राफीमा नयाँ आयाम दिने कम्पनीको विश्वास छ ।

उत्कृष्ट सेल्फीका लागि कटिङ–एजक्यामेरा प्रविधि
भिभो भी १९ को अग्रभागमा प्रयोग भएको ३२ मेगापिक्सेलको मुख्य क्यामेरा र आठ मेगापिक्सेलको सुपर वाइड क्यामेराले प्रयोगकर्तालाई जस्तोसुकै समय र स्थानमा  उत्कृष्ट सेल्फी लिन मद्दत गर्नेछ । अग्रभागमा प्रयोग भएको वाइड एंगल क्यामेराले १०५ डिग्रीसम्म सपोर्ट गर्छ । यसमा प्रयोग भएको एआई प्रविधिले स्वचालित रुपमा वाइड एंगलको फोर ग्राउण्ड तथा ब्याकग्राउण्डलाई मिलाएर उत्कृष्ट फोटो निकाल्छ । यसका साथै फोनको अगाडि पट्टी राखिएको क्यामेरामार्फत अल्ट्रा स्टेवल सेल्फी भिडियो समेत लिन सकिन्छ ।

भिभो भी १९ को पछाडि पट्टी चार वटा क्यामेरा (क्वाड क्यामेरा) रहेको छ । जसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा, आठ मेगा पिक्सेलको सुपर वाइड–एंगलक्यामेरा, दुई मेगापिक्सेलको म्याक्रो क्यामेरा र दुई मेगापिक्सेलकै बुके क्यामेरा रहेको छ । फ्रन्ट क्यामेरामा जस्तै यसमापनि अल्ट्रा स्टेवल भिडियो सिस्टम छ । एआई ईमेज र भिडियो फिचर रहेको फोनमा एआई भिडियो फिल्टर, एआई भिडियो एडिटर र फोटो एडिटिङका लागि एआई ईमेज म्याटिङ प्रविधि रहेको छ । 

फोनको अगाडि र पछाडि दुवै तर्फको क्यामेरामा नाइट फोटोग्राफीका लागि स्पेसल मोड उपलब्ध छ । अगाडिको क्यामेरामा लेयरमा आधारित ब्युटिफिकेशन, स्पेसल मार्जिन डी–न्वाइज र मल्टिपल एक्स्पोजर सहतिको सुपर नाइट सेल्फीमोड रहेको छ । जसले प्रयोगकर्तालाई आफैल चाहेअनुसार ब्याकग्राउण्ड परिवर्तन नगरी स्पष्ट र सुन्दर सेल्फी लिन सकिनेछ । त्यस्तै पछाडि पट्टी मल्टिफ्रेम स्क्रिनिङ, टेम्पोरल अलाइनमेन्ट र स्पेसल मार्जिन डी–न्वाइजयुक्त सुपर नाइट प्रोट्रेट मोडमार्फत रातको समयमा प्रयोगकर्ताले उच्च गुणस्तरिय फोटो खिच्न सक्नेछन् ।

फरक स्टाइलका लागि इनोभेटिभ डिस्प्ले र डिजाइन 
भी १९ फोनमा ६.४४ इन्चको सुपर एमोलेड एफएचडी प्लस अल्ट्रा ओ स्क्रीन राखिएको छ । यो स्क्रीन सुपेरियर ई थ्रीओएलईडी स्क्रीनबाट बनाइएको हो । यसले डीसीआई–पीथ्रीकलर ग्यामुटलाई सपोर्ट गर्दछ । जसकारण यसको रंग एकदमै भाइब्रेन्ट छ । यसको डिस्प्लेमा भएको ब्राइटनेस अटो एडजस्टले ई थ्रीओएलईडीको तुलनामा ब्लयु लाइटलाई ४२ प्रतिशत भन्दा धेरै फिल्टर गर्नुका साथै परिवेशको प्रकाशको स्तर मिलाउने काम गर्दछ । 

भी १९ फोनमा सहजता र स्टाइल दुवैको समायोजन ग्राहकले पाउन सक्छन् । यो फोन थ्रीडी कभ्र्ड डिजाइनमा रहेको छ । यो प्रयोगकर्ताको हत्केलामा सहजै अटाउन सक्छ । यसको स्क्रीनमा राखिएको कर्निङ गोरिल्ला ग्लास सिक्सले फोनलाई अत्याधुनिक र राम्रो लुक्स दिएको छ । 

उत्कृष्ट पर्फर्मेन्स
स्मार्टफोन उद्योगकै नेतृत्वदायी सेल्फी क्यामेरा क्षमता, स्लिक डिजाइन सहितको भी १९मा एकदमै उत्कृष्ट पर्फमेन्स तथा ब्याट्री पाउन सकिन्छ । यसमा ४५ सय एमएएच क्षमताको ब्याट्री छ । जुन लामो समयसम्म टिक्न सक्छ । यसमा भएको ३३ वाटको फ्ल्यास चार्ज २.० प्रविधिले आधा घण्टा भित्रै मोबाइललाई शून्यबाट ३० प्रतिशतसम्म चार्ज गरिदिन सक्छ । जुन व्यस्त उपभोक्ताहरुका लागि यो एकदमै प्रभावकारी छ । 

यो फोनमा क्वालकम स्नापड्रागन अक्टा कोर ७१२ प्रोसेसर रहेको छ । यसमा फास्ट इन्टरफेस र टप कम्प्युटिङ पर्फमेन्स पाउन सकिन्छ । फोनमा रहेको एआईमा आधारित उच्च क्षमताको क्यामेराको ऊर्जा खपतलाई धान्न यसमा कपर ट्युव लिक्विड कूलिङ पनि छ । जसले सीपीयूलाई दीर्घ जीवन दिनुका साथै विश्वसनीय पर्फमेन्स र स्मूथ मल्टिटास्किङको प्रत्याभूति दिलाउँछ । भी १९ मा आठ जीबी ¥याम प्लस १२८ जीबी र २५६ जीबी रोम रहेको छ । जसले प्रयोगकर्तालाई काम गर्दा, आराम गर्दा वा खेल्दा नै किन नहोस्, सबै समयमा स्टोरका लागि सहज बनाउँछ । 

भी १९ फोनमा एड्भान्स गेमिङ अनुभव पनि पाउन सकिन्छ । यसमा मल्टी टर्बो ३.० राखिएको छ । जसले टच कन्ट्रोल र एफपीएस स्टेबिलिटीलाई अप्टिमाइज गर्ने काम गर्दछ । साथै यसमा भएको अल्ट्रा गेम मोडमा फास्ट स्क्रीन क्याप्चर, स्क्रीन रेकर्डिङ र गेम भाइब्रेसन जस्ता फंसनहरु छन् ।

उपलब्धता
ग्लिम ब्ल्याक र स्लिक सिल्भर रंगहरुमा उपलब्ध भी१९ को मूल्य नेपाली बजारमा ४९,९९९ रुपैयाँ रहेको छ । जुलाई १ देखि यो फोन नेपालभर उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप