गुल्मीमा सलह पसेपछि किसानहरु आगो बाल्दै छाना ठटाउँदै
गुल्मी । गुल्मी जिल्लामा गत तीन पदन यता सलह किरा बारीमा पसे पछि किसानहरु चिन्तित हुन थालेका छन् । आज गुल्मीको इस्मा गाउँपालिका सलह छिरेपछी किसानहरुले बारिमा काँचो घर बालेर धुवाँ निकालेर भगाउने प्रयास गरेको स्थानीयले बताए ।
भगाउन सकिने प्रयास स्वरुप हरेकले घरको टिनको छाना ठटाउने गरेको समेत बताइयो । इस्मा वडा नम्बर ४ ढाँडा जुकेपानीकि स्मारिका केसीले किसानहरु चिन्तित भई सलह भगाउने अनेक प्रयास गरेको बताइन् ।
मकैको पातहरुमा आएर बसेको छ । केही दिन अघि असिनाले मकैको बीउ र कोदाको बीउ नस्ट गर्यो ।
'झन अब सलह नै पसे पछि त अर्को वर्ष भोक मरि नै लाग्ने हो कि भन्ने सवैमा चिन्ता छ,' उनले भनिन् । आज दोहलीको बाझास्थित पूर्वमन्त्री गोकर्ण बिष्टको गाउँ र ढाडाजुके पानी गाउँमा सलह पसेको उनले बताइन् ।
माथि आकास नै ढाक्ने गरि सलह गुल्मी र छिमेकी जिल्ला अर्घाखाँचीमा पसेपछि हेर्नेहरुको भीड लागेको थियो ।