श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को मृत्यु
श्रीमतीले आफ्ना श्रीमान्को हत्या गरेकी छन् । श्रीमतीले चिर्पटले हान्दा श्रीमान्को ज्यान गएको हो । सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङको सुद्रीमा २३ वर्षीय विछोड विकलाई २० वर्षीया पत्नी रेश्माले दाउराले हान्दा ज्यान गएको हो ।
पारिवारिक विवादका कारण गए राति ११ बजेतिर श्रीमतीले श्रीमान्लाई दाउराले टाउकामा हान्दा ज्यान गएको वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए ।
उनका अनुसार आज बिहान मात्र घटनाबारे जानकारी पाइएको र प्रहरीलाई खबर गरिएको छ । मृतक बिछोडको नाक, मुख र टाउकाबाट रगत बगेको जनाइएको छ । धेरै रगत बगेकै कारण मृत्यु भएको हुन सक्ने अध्यक्ष केसीले बताए ।
घटनाका बारेमा जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगिसकेको र रेश्मालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन
-
नेपाली सिक्दै भोजपुरी अभिनेत्री, भिडियो भाइरल
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)