पोखराका पर्यटकीयस्थलका सूचना विभिन्न भाषामा
कास्की । पोखरा महानगरपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसारका लागि विभिन्न भाषामा सूचना तयार गर्ने भएको छ । पर्यटकीय राजधानी पोखरालाई विश्वभर परिचित गराउन पर्यटकीयस्थलसम्बन्धी सूचनालाई विभिन्न भाषामा तयार गरी प्रचारप्रसार गर्न आवश्यक बजेट छुट्याइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् ।
महानगरपालिकाले पर्यटन क्षेत्रका लागि रु दुई करोड ४६ लाख विनियोजन गरेको छ ।महानगरपालिकाले ‘हाम्रो चाहना पर्यटन मैत्री संरचना’ निर्माण कार्य अभियानका रुपमा अगाडि बढाउने तयारी गरेको छ । स्थानीय प्राङ्गारिक उत्पादनलाई प्रवद्र्धन गर्दै महानगरपालिकालाई एग्रो टुरिजम केन्द्रका रुपमा विकास गर्न बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताइन् ।
उनका अनुसार सामुदायिक वनसँगको सहकार्यमा खुला क्षेत्र संरक्षण गर्दै १४ स्थानमा पिकनिकस्थल निर्माण गर्नेछ । सराङकोट र पुम्दीभुम्दीमा निर्माणाधीन पर्यटकीय संरचना निर्माणलाई निरन्तरता दिइएको महानगरपालिकाले जनाएको छ ।
भाषा, कला, साहित्य, संस्कृतिको संरक्षण र विकास तथा महानगरभित्र बोलिने लोपोन्मुख भाषाको संरक्षणमा जोड दिइने उल्लेख गर्दै उपप्रमुख गुरुङले आगामी आर्थिक वर्षमा दुईवटा भाषाको शब्दकोष र व्याकरण निर्माणका लागि बजेट विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन
-
विश्वकपका लागि सन्न्यास फिर्ता लिने कप्तानको आग्रह नरेनद्वारा अस्वीकार
-
‘पितृसत्ताविरुद्ध पारिजातको योगदान अतुलनीय’
-
डढेलो निभाउन गएको दमकल नै जल्यो
-
चीन पुगे अमेरिकी विदेशमन्त्री
-
नेपालमा जनावरको दुधबाट मान्छेमा बर्ड फ्लुको ‘एच–फाइभ एन–वान’ भाइरस सरेको देखिएको छैन : विज्ञ