बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचनका लागि नेविसंघका प्रतिनिधि

शुक्रबार, २३ भदौ २०७४, २१ : २१
शुक्रबार, २३ भदौ २०७४


काठमाडौँ- नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले प्रदेश नं २ मा हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि खटाएको छ । 

नेविसंघका कोषाध्यक्ष शिव रिमालले प्रदेश नं २ अन्तर्गतका गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा काँग्रेसलाई विजय गराउन प्रतिनिधि खटाइएको जानकारी दिए । 

नेविसंघले काँग्रेसको सरकारको पालामा बनेको संविधान काँग्रेसको नेतृत्वले कार्यान्वयन गर्ने नाराका साथ चुनावी प्रचारप्रसारसमेत गरेको छ । नेविसंघका अध्यक्ष नैनसिंह महरले नेविसंघले स्थानीय तहमा हुने विभिन्न समस्याको पहिचान गरी समाधान खोज्न पार्टीलाई जानकारी गराउने स्पष्ट पारे  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप