शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सुरु भयो नेकपा स्थायी समिति बैठक

बुधबार, १७ असार २०७७, १२ : ०३
बुधबार, १७ असार २०७७

काठमाडौं । नेकपा स्थायी समितिको पाचौं दिनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । पार्टीभित्र चरम विवाद देखिएको अवस्थामा आजको बैठकलाई महत्वका साथ हेरिएको छ । 

मंगलबारको बैठकमा बोल्ने १८ मध्ये अधिकांश स्थायी समिति सदस्यले ओलीको राजीनामा गरेका थिए । विशेषगरी गत आइतबार ओलीले आफू नेतृत्वको सरकार ढाल्न भारत लागिपरेको भन्दै त्यसमा पार्टीकै नेताहरुको भूमिका रहेको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवादले उग्र रुप लिएको हो । 

यो विषयमा मंगलबारको बैठकमा चर्काचर्की बहस भएको थियो भने ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच भनाभन भएको थियो । यस्तै वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनालले समेत ओलीको राजीनामा माग गरेका थिए । 
एकाएक पार्टीभित्र किचलो सुरु भएपछि ओलीले आज बिहान आफू निकटका मन्त्री तथा स्थायी समिति सदस्यहरुहरुसँग छलफल गरेका थिए । 

छलफलपछि पर्यटनमन्त्री योगेश भट्टराईले बाँकी नेताहरुसँग पनि प्रम ओलीले परामर्श गर्ने बताएको जानकारी दिए । 

‘सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तरविरोधको समाधानका लागि पहल गर्न, इतिहास् र नेपाली जनताले दिएको जिम्मेवारीलाई पुरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वाशको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको बिकास गर्न प्रमलाई सुझाब दिनुभएको छ’, भटराईले ओलीलाई दिएको सुझावबारे जानकारी दिएका छन् । उनले भनेका छन् ‘चिज साकारत्मक दिशामा जाने आशा गरौ । प्रोक्सी वार बन्द गरौ ।’

त्यसपछि ओली र प्रचण्डबीच केहीबेर छुट्टै वार्ता भएको भएपनि छलफलबाट के निष्कर्ष निस्कियो भन्ने खुलिसकेको छैन । दुई नेताबीच भएको छलफलको विषय स्थायी समिति बैठकमा जानकारी गराइने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप