शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

बुधबार, १७ असार २०७७, ०६ : २६
बुधबार, १७ असार २०७७

वि.सं.२०७७ साल आषाढ १७ गते । बुधबार । ईश्वी सन् २०२० जुलाई ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ आषाढ शुक्लपक्ष । तिथि– एकादशी,२९ घडी ०२ पला,बेलुकी ०४ बजेर ५० मिनेट उप्रान्त द्वादशी । नक्षत्र–विशाखा,५३ घडी ३२ पला,रातको ०२ बजेर ३८ मिनेट उप्रान्त अनुराधा । योग– सिद्ध,१६ घडी ४७ पला,बिहान ११ बजेर ५६ मिनेट उप्रान्त साध्य । करण– वणिज,बिहान ०५ बजेर ५९ मिनेट उप्रान्त भद्रा,बेलुकी ०५ बजेर ५० मिनेट उप्रान्त बव । आनन्दादिमा– धाता योग । चन्द्रराशि–तुला,बेलुकी ०८ बजेर ५९ मिनेट उप्रान्त बृश्चिक । 

काठमाडौंमा सूर्योदय ०५ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३१ पला ।  हरिशयनी एकादशी व्रत। तुलसी रोपण। चतुर्मास व्रत प्रारम्भ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  

व्यापार व्यवसायमा मन्दी आउने तथा आम्दानी घट्नेछ । मायाप्रेम तथा पतिपत्नी बीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजनग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरुलाई पछि पारेर आफू अगाडी बढ्ने समय रहेको छ भने प्रविधिको प्रयोग गरेर निरन्तरता दिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

वादविवाद तथा प्रतिस्पर्धामा तपाईंको जीत निश्चित हुनेछ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुने निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । मायाप्रेम तथा दाम्पत्य जीवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिँड्नेछन् । पुरानो रोग निको भएर जाने तथा पुराना समस्या हल भएर जानेछ । खोजमुलक क्षेत्रमा रुची बढ्नेछ । मावली पक्षबाट तपाईंको काममा सहयोग हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

बौद्धिक व्याक्तित्वहरु सामु तपाईंले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । कृषि तथा पशुपालन व्यावसायमा समय व्यातित हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । खोज तथा अनुसन्धानमा उपलव्धी मुलक नतिजा नआए पनि आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकीरण गरी मनग्गे लाभ लिन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

दाजुभाई तथा छिमेकीबाट तपाईंले शुरु गरेको काममा सहयोग तथा समर्थन हुने हुँदा मन प्रशन्न हुनेछ । मायाप्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडी बढ्ने योग रहेकोछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

अध्ययनमा अभिरुची बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुनेछन्  । आफन्त तथा परिवारको साथ रहने हुदा उपलव्धी मुलक कामहरु समयमा नै सम्पन्न हुनेछन्  । होटल तथा रेष्टुरेन्ट व्यवसायमा समय खर्चिने हरुका लागी समय घातक रहेकोछ । प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिने हुनाले एक अर्कालाई विश्वास गर्दै जान सकिनेछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाइ लेखाइमा प्रविधिको सहयोगले प्रतिस्पर्धीहरुलार्ई किनारा लगाउँदै नतिजा आफूतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बीचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी वस्तुहरुको प्रयोगमार्फत् अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)

स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ । तरपनि बिदेशमा उत्पादिन सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छि गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले तथा नचाहादा नचाहादै टाडिनु पर्दा मनमा नरमाईलो लाग्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

साथीभाई तथा नातागोताबाट सहयोग पाइने हुनाले हरेक क्षेत्रमा अगाडी बढ्न सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ । पैत्रिक धन तथा सरकारी सम्पत्ति प्रयोग गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाइ लेखाइमा तपाईंको नाम अग्रस्थानमा आउनेछ । माता पिताको सहयोगले राम्रा कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दी आउने तथा घाटा लाग्नेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  

सुरु गरिएका सामाजिक कामहरु समयमा नै सम्पन्न हुनाले मान सम्मानमा वृद्धि भएर जानेछ । विशिष्ट व्याक्तिहरुलाई आफ्नो बहसमा ल्याएर काम लिन सकिनेछ । प्रविधिको सहयोगले पढाइ लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुसन्धानमा समय लगानी गर्नेहरुले सकारात्मक नतिजा हासिल गर्न सक्नेछन् भने माया प्रेममा सामिप्यता बढेर जानेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  

समय तथा परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र कुनै पनि कामको थालनी गर्नुहोला कामहरु बिग्रने अधिक सम्भावना रहेको छ । आफन्त तथा आफूले मन पराएको मानिससँग दुरी बढ्ने योग रहेकोछ । अध्ययनमा मन नजादा गुरुवर्ग तथा आफन्तको गाली खाईनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला, समय मध्यम रहेको छ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डिपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहील,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन वनाउँन,चिना हेराउँन तथा वास्तुसँग सम्वन्धीत जानकारिको लागी अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप