नुवाकोटमा पिसिआर ल्याब स्थापना गर्न वाग्मतीलाई अनुरोध
विदुर । नुवाकोट कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लास्थित त्रिशूली अस्पतालमा पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न वाग्मती प्रदेश कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले नुवाकोट तथा छिमेकी धादिङ र रसुवामा समेत कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले समुदायस्तरमा संक्रमण फैलिने जोखिम कम गर्न पिसिआर ल्याब स्थापना हुुन जरुरी रहेको ठहर गरेको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले पिसिआर ल्याब स्थापना तथा सञ्चालन गर्न आवश्यक सहयोगका लागि गुण नेभर इन्टरनेशनल (जिनआई) र कोइकालाई समेत आग्रह गर्ने निर्णय भएको जानकारी दिइन् । नगर प्रमुख पण्डितका अनुसार जिल्लामा दुई सय शय्या क्षमताको आइसोलेशन वार्ड निर्माण गर्नुपर्ने हुँदा हाल त्रिशूली अस्पतालमा १० शय्या थप गरी ३० शय्या बनाइने, शैक्षिक विकास तालीम केन्द्र विदुरमा २५ शय्याको आइसोलेसन वार्ड तयार गरिने तथा खरानीटार अस्पतालमा दुई शय्या थप गरी १० शय्या बनाइने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१४ अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिद्वारा अर्थमन्त्रीसँग भेट
-
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
-
‘खजुरे ब्रो’ विशुद्ध मनोरञ्जनका लागि बनाएको हो : निर्देशक सुरज
-
कतारका अमिरसँग प्रधानमन्त्रीले भने– नेपाल लगानीका लागि विश्वकै आकर्षक गन्तव्य
-
कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ
-
नेपालमा प्रत्येक दिन १० वटा भूकम्प