शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सको चिनियाँ बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य

मङ्गलबार, १६ असार २०७७, २२ : २९
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । हिमालय एयरलाइन्स र हुवावे क्लाउड, चिनियाँ बहुर्राष्ट्रिय प्रविधिकम्पनीबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सूचना र सञ्चार प्रविधि सेवाप्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थानओगटेको हुवावेले हिमालय एअरलाइन्स्को सेवालाई अझ सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ । सूचना तथा सञ्चार प्रविधि (आइसिटी) का उपज र समाधानका उपायबाट अधिकत्तम लाभ लिन सेवामार्फत यात्रुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदानगर्ने विश्वास लिइएको छ ।

कम्पनीलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सिर्जना गर्दै ठोस परिणाम प्राप्तगर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवद्र्धन गर्ने कम्पनीले अपेक्षा गरेको छ ।
कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीनका आर्थिक तथा वाणिज्यदूत झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङ र हुवावे टेक्नोलोजी क्लाउड र एआई व्यावसायिक समूह–एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एयरलायन्सका अध्यक्ष झोउइन्योङ र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ शुइजेनले हस्ताक्षर गरे ।
सो अवसरमा काउन्सिलर झाङ फ्यानले महामारीपश्चात्को अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय सञ्चार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिलाई सामना गर्न सम्झौता सान्दर्भिक हुने बताए । 
    
तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एयरलाइन्सले योगदान पुर्याएका स्पष्ट पारे । हिमालय एअरलाइन्स्का अध्यक्ष झोउ इन्योङले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पुर्याएको विश्वास प्रकट गरे ।
सम्झौताअनुरुप आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसिटी प्रविधि (हुवावे क्लाउड र एआई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइसीटी प्रविधि उपकरणको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाट फर्मको निर्माण गर्नेलगायतका कार्य पर्ने कम्पनीले उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप