शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फरार प्रतिवादी २२ वर्षपछि पक्राउ

मङ्गलबार, १६ असार २०७७, १९ : ४७
मङ्गलबार, १६ असार २०७७

सवारी ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई फरार  एक प्रतिवादी २२ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बस्ने लक्ष्मण श्रेष्ठ  छन् ।

    श्रेष्ठलाई उनकै घरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । एक वर्ष कैद भुक्तान गर्न बाँकी रहेकाले उनलाई जिल्ला अदालत तनहुँमा पेश गरिएकामा अदालतले जिल्ला कारागार कार्यालय पठाएको छ ।

    निजलाई सवारी ज्यान मुद्दामा विसं २०५५ असार १४ गते चितवन जिल्ला अदालतले एक वर्ष कैदको सजाय तोकेको थियो । 
यसैबीच प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपबाट गाँजासहित चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका–५ बस्ने २४ वर्षीय मुस्कान पङ्गेनी र  २५ वर्षीय तेजबहादुर गुरुङ तथा पोखरा महानगरपालिका–३२ बस्ने २२ वर्षीय रुपेश गुरुङ र २३ वर्षीय आकाश गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग १५ प ६६४० नं को मोटरसाइकल जाँच गर्ने क्रममा पङ्गेनी र तेजबहादुरलाई खानतलासी गर्दा प्रहरीले निजका साथबाट दुई किलो तीन सय ग्राम अवैध गाँजा बरामद गरेको छ । प्र्रहरीले उक्त लागुऔषध  ओसारपसार एवं सञ्चयसमेतको कारोवार गर्ने रुपेश र आकाशलाई समेत पक्राउ गरी आज जिल्ला अदालतबाट म्याद थप लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप