शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिवि शिक्षण अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण

मङ्गलबार, १६ असार २०७७, १६ : ३९
मङ्गलबार, १६ असार २०७७

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा उपचाररत शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीका ४५ दिने शिशुलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । शिशुमा संक्रमण देखिएको  अस्पतालका कोरोना युनिटका संयोजक डा. शान्तकुमार दासले जानकारी दिए । ४५ दिने शिशुलाई श्वास–प्रश्वासमा समस्या आएपछि आकस्मिक रुपमा घाँटीको शल्यक्रिया गरिएको समेत उनले बताए ।

‘४५ दिने शिशुको शल्यक्रिया गर्नुअघि स्वाब संकलन गरेर पीसीआर परीक्षण पठाएका थियौं ’ उनले भने– ‘आकस्मिक उपचार गर्नुपर्ने भएकाले पिसिआरको नतिजा कुरेनौं ।’ शिशुको सावधानीका साथ शल्यक्रिया गरिएको उनले बताए । यसअघि पनि टिचिङ अस्पतालमा उपचाररत बालिकालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप