शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार (फोटोफिचर)

शुक्रबार, २३ भदौ २०७४, १९ : ४६
शुक्रबार, २३ भदौ २०७४

महोत्तरी– असोज २ गते हुने स्थानीय तहको निर्वाचनले दुई नम्बर प्रदेश तातिएको छ । अघिल्लो दुई चरणको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी नेपाल पनि २ नम्बर प्रदेशको निर्वाचनमा होमिएपछि निर्वाचनको माहोल नै अर्कै भएको छ । दुई नम्बर प्रदेशको आठ जिल्लाको १३६ वटा स्थानीय तहमा असोजप २ गते मतदान हुँदैछ । 

जताततै चुनावको चहल पहल र नेताहरुको दौडधुप र व्यस्तता हेर्न लायकको छ । तर प्रदेश नम्बर २ को निर्वाचन हेर्दा नेपालको निर्वाचन होइन कि भन्ने भान हुने गरी दलहरु प्रचारप्रसारमा लागेका छन् । अधिकांश दलहरुले भारतीय नम्बर प्लेटको गाडी चुनावी प्रचारप्रसारमा प्रयोग गरिरहेका छन् । 

सरकारकै नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसकै नेता कार्यकर्ताहरुले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरी झण्डा हल्लाउँदै प्रचारप्रसार गरिरहेका छन् । 

नेताहरुले चुनावमा कार्यकर्ता र प्रचार प्रसारका लागि अधिकाँश भारतीय गाडी प्रयोगमा ल्याएको देखिन्छ । भारतीय विहारको गाडीमा पार्टीहरुको झण्डा राखेर जताततै निर्वाध रुपमा कुदाइरहेको पाइएको छ । स्थानीय राजनीतिक दलका नेताहरु भने नेपाली नम्बर प्लेटको गाडी अभाव भएका कारण बाध्य भएर भारतीय गाडि प्रयोग गर्नु परेको दाबी गर्छन् । 

भारतीय नम्बर प्लेटको गाडी नेपालभन्दा सस्तोमा भाडामा पाइने भएकाले पनि भारतीय गाडी प्रयोग गरिएको कतिपयको भनाइ छ । भारतीय गाडीको प्रयोग चुनावमा मात्र होइन, तराई मधेशको अन्य कार्यहरुमा प्रयोग हुँदै आएको स्थानीय बासिन्दा बताउँछन् । विवाहलगायत अन्य कार्यक्रमहरुमा पनि पहिलो रोजाई भारतीय गाडी नै हुने गरेको छ । 

भारतीय सीमा बस्ने नेपालीहरुले पनि भारतीय गाडी किनेर भाडामा लगाउने गरेको पनि पाइएको छ । तर, निर्वाचनका क्रममा जुन संख्यामा भारतीय गाडीको प्रयोग भएको पाइएको छ, त्यसले नेपालमा भइरहेको चुनावमा प्रभाव पार्नेे पनि विश्लेषण भइरहेको छ । यी तस्विरहरु जनकपुर र महोत्तरी जलेश्वरको मात्र लिएका हौं, जो चुनाव प्रचारमा प्रयोग भइरहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप