शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आमिर खानका घरेलु सहयोगीमा देखियो कोरोना संक्रमण

मङ्गलबार, १६ असार २०७७, १३ : ५५
मङ्गलबार, १६ असार २०७७

कोरोनाभाइरस अब आमिर खानको घरसम्म पुगेको छ । आमिर खानले सोसल मिडियामा पोस्ट गर्दै उनको घरका एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको जानकारी दिए । यसका साथै, उनको परिवारका अन्य सदस्यको पनि परीक्षण भएको छ । आमिर र उनको परिवारको परीक्षण नेगेटिभ आएको छ । तर उनकी आमा जिनत हुसैनको अहिलेसम्म पनि परीक्षण भएको छैन । आमिरले प्रशंसकले आफ्नी आमाका लागि प्रार्थना गरिदिन अपिल गरेका छन् ।

बिएमसीको गरे तारिफः

आमिर खानले कर्मचारी पोजेटिभ पाएपछि बीएमसीद्वारा लिइएको एक्सनबारे पनि लेखेका छन् । आमिरको पोस्टमा संख्याबारे त जानकारी दिएको छैन तर उनी एकभन्दा बढी कर्मचारीको कुरा गरिरहेका छन् । सबैलाई क्वारेन्टाइनमा राखिएको छ । आमिरले पनि बीएमसीद्वारा उनलाई दिएको स्वास्थ्य सहायतको पनि तारिफ गर्दै धन्यवाद दिएका छन् । साथै, कोकिलाबेन अस्पतालका डाक्टर, नर्स र स्टाफलाई पनि धन्यवाद दिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Aamir Khan (@_aamirkhan) on

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप