शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शरीरको लागि बिषसमान ५ चीज

मङ्गलबार, १६ असार २०७७, १२ : ५८
मङ्गलबार, १६ असार २०७७

एजेन्सी –  हरेक व्यक्तिका लागि स्वस्थ खाना खानु जरुरी हुन्छ । तर, यो समयमा व्यस्त जीवनशैली र दौडधुपका कारण मानिसहरु अस्वस्थकर खाना खान बाध्य छन् । मानिसहरु सामाजिक सञ्जाल तथा इन्टरनेटमा भेटिएका सन्तुलित आहारका बारेमा पढेर त्यसको अनुसरण गर्ने गरिरहेका पनि भेटिन्छन् तर त्यसको दुष्परिणामका कारण उनीहरु पीडामा पनि परिरहेका हुन्छन् । 

चिकित्सकहरु केही खानाहरु स्वास्थ्यका लागि निकै हानिकारक हुने बताउँछन् । किन त्यस्ता खाना खाँदा शरीरमा गम्भीर असर पर्छ त ? 

गुलियो खानेकुरा 
अत्यधिक गुलियो खानेकुराले शरीरमा गम्भीर असर गर्छ । निर्मित गुलियो खाद्यपदार्थ स्वास्थ्य समस्याको प्रमुख कारण हुनसक्छ । अनुसन्धानका अनुसार जो मानिस सोडा धेरै पिउँछन् तिनीहरुलाई अत्यधिक भोक लाग्छ र उनीहरु क्यालोरी धेरै भएको खाना खान सुरु गर्छन् । जसले गर्दा बडी मास इन्डेक्स (बीएमआई) बढ्छ । त्यसैले धेरै गुलियो पदार्थ पिउँदा रसभरी, काक्रोको पानी, पुदिनाको रस वा कागतीको रस मिलाएर पिउने गर्नुपर्छ । 

धेरै सुत्नु 
प्रायः मानिसहरु काममा व्यस्त नभएको समयमा धेरै सुतेर बिताउने गर्छन् । बिदामा मात्र होइन अन्य समयमा पनि १० देखि १२ घण्टासम्म सुत्नु स्वास्थ्यको लागि समस्या हुन सक्छ । जसले गर्दा कुनै पनि कुरामा केन्द्रित हुन सकिन्न । त्यसैले स्वस्थ्य शरीरका लागि ७ देखि ८ घण्टा सुते पुग्छ । 

रेड वाइन अत्यधिक पिउनु 
भनिन्छ रेड वाइन पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसमा पाइने पोलिफेनोल्स नामक एन्टिअक्सिडेन्ट पाइने भएकाले मुटुको लागि राम्रो हुने बताइए पनि कुनै पनि स्वास्थ्यसम्बन्धी अनुसन्धानले रेड वाइनको कुनै निश्चित फाइदा हुने देखाउँदैन । स्वास्थ्य विशेषज्ञका अनुसार रेड वाइन धेरै पिउँदा हृदयरोग, स्ट्रोक, उच्च रक्तचाप जस्ता विभिन्न प्रकारका स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन् । 

कार्बोहाइड्रेट नखानु 
कार्बोहाइड्रेट शरीरलाई उर्जा दिने पोषक तत्व हो । यसले शरीरका मांसपेशीहरु र मस्तिष्कलाई इन्धन प्रदान गर्ने काम गर्छ । त्यसैले किटो डाइट अवलम्बन गर्दा कार्बोहाइड्रेटलाई पूरै कम गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । त्यसैले खानामा सन्तुलित मात्रामा कार्बोहाइड्रेटको मात्रा पनि सेवन गर्नुपर्छ । 

सप्लीमेन्टमा निर्भर हुनु 
शरीरले स्वस्थ रुपमा काम गर्नको लागि विभिन्न प्रकारका भिटामिन र खनिज पदार्थको आवश्यकता पर्छ । त्यसैले औषधि र सप्लीमेन्टमार्फत यस्ता खनिज पदार्थहरु प्राप्त गर्न निकै सहज हुन्छ तर स्वास्थ्यका लागि यो विषसमान हुनसक्छ । त्यसैले खाद्यपदार्थ, फलफूल र विभिन्न आहारहरुबाट शरीरका लागि आवश्यक पदार्थ प्राप्त गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप