केन्द्रीय संस्करण

पत्रकारलाई कारवाही सिफारिसबारे खुलाई पठाउन काउन्सिलको पत्र

person explore access_timeअसार १६, २०७७ chat_bubble_outline1

नेपाल पत्रकार महसङ्घ जिल्ला कार्यसमिति कञ्चनपुरबाट एकलौटीरूपमा पत्रकारलाई कारवाहीको सिफारिसप्रति प्रेस काउन्सिल नेपालले खुलाई पठाउन अनुरोध गरेको छ । सामाजिक सञ्जालमा आएको विषयप्रति पूर्वाग्रह राख्दै स्पष्टीकरण दिने मौका नै नदिई एकपक्षीयरूपमा महासङ्घ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले आफूमाथि कारवाहीका लागि जारी गरेको पत्रप्रति दुःख व्यक्त गर्दै पत्रकार नवराज धानुकले दिएको निवेदनका आधारमा काउन्सिलले सो विषयमा खुलाई पठाउन आग्रह गरेको हो ।

पत्रकार धानुकले काउन्सिलमा प्रस्तुत गरेको उजुरी निवेदनमा भनिएको छ, “पत्रकारकै संस्था, पत्रकारकै हकहितका लागि आवाज उठाउन छोडी स्वतन्त्ररूपमा पत्रकारिता गर्दै आएको श्रमजीवी पत्रकारको जागिर जाँदासमेत कुनै समन्वय र छलफलबिना एकलौटीरूपमा कारवाहीका लागि गरिएको सिफारिसप्रति आवश्यक छानबिन गर्न अनुरोध गर्दछु ।” पत्रकार धानुकले आगामी दिनमा त्यस किसिमको गल्ती नदोहो¥याउने र पत्रकारिताको उच्च सम्मान गर्ने प्रतिबद्धता गर्दै महासङ्घ कञ्चनपुरले खेलेको भूमिकाप्रति थप छानबिन गर्न र आफूलाई न्याय दिन अनुरोधसमेत गरेका छन् ।

काउन्सिलका उपप्रशासकीय अधिकृत तथा आचारसंहिता अनुगमन उपसमिति (विद्युतीय) का सचिव रामशरण बोहोराले सोमबार पठाएको पत्रमा “उक्त विषयमा के–कसो भएको हो ? खुलाई पठाउन अनुरोध गरिन्छ”, भनिएको छ । विगत लामो समयदेखि पत्रकारिताको आचारसंहिता र मापदण्डलाई उच्च सम्मान गर्दै विभिन्न क्षेत्रमा हुँदै आएको भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिका विषयमा बोल्दै आइरहेको बेला परिस्थितिअनुरुप हुन गएको गल्तीका बारेमा सार्वजनिकरूपमा माफी र क्षमायाचना माग्दामाग्दै पनि अतिरञ्जित गर्दै आफूविरुद्ध भएको षड्यन्त्रका कारण थप पीडित हुनुपरेको पत्रकार धानुकको भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. June 30, 2020, 3:26 p.m. Dinesh Pd. Joshi
    एक जनप्रिय र लोकप्रिय पत्रकार लाई षड्यन्त्रको setting गरेर पत्रकारिता र प्राण सम्म खतरामा पार्ने गरि गरिएको भ्रष्ट र कुकर्महरुलाई अन्जाम दिने संलग्न सबै जीहरुलाई भन्न चाहन्छौं ! तपाईं द्वेय पत्रकार महासंघ जस्तो गम्भीर र निकै जवाफदेही पदमा बस्दा पनि किन पदिय मर्यादा उलंघन गर्नुभयो ? के तपाईंहरु बिकेकै हो त ? एउटा स्वतन्त्र पत्रकार लाई निरीह सम्झी यसरी गलत प्रवृति र पात्रको साथ दिने ?? कत्ति बहादुरी को काम गर्नुभयो ?? के यसले तपाईं लाई जीवन भरी सम्पन्नता को शिखरमा पुर्‍यायो ? के पूर्वाग्रही जस्तो घृणित कुकर्म गर्दा यससँग सम्बन्धित जो कोहीले पनि एक पटक सोच्ने मस्तिष्क को ह्रास भएको हो !!??!! किन अधर्म र पापको पराकाष्ठा नाघ्ने मात्रै कुकर्म गर्छौ !!?!! एकदिन तिमीहरूको हविगत र पतन भयानक हुनेछ ! यस विषयमा अलिकति पनि सोचेनौ !?! के बिगारेको थियो पत्रकार नवराज जी ले ? के सत्य र न्यायको साथ दिनु गलत हो ? के सत्य को मार्गमा हिड्दा कहिलेकाही भुलचुक हुँदैन र ? यो सम्पूर्ण setting को पर्दाफास हुनैपर्छ र दोषी जो कोही पनि कारबाहीको भागेदार हुनैपर्छ !!
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.