‘तिमी उता म यता’ मा मिलन र राजनराजको अभिनय
सोमबार, १५ असार २०७७, १९ : ४७
काठमाडौं । गायक राजनराज शिवाकोटी र गायिका मिलन नेवारको यूगल गायन रहेको गीत छ ‘तिमी उता म यता’ सार्वजनिक भएको छ । असार १५को अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत पनि शिवाकोटीकै छ ।
गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ । जसमा गायक गायिका आफैंले अभिनय गरेका छन् । केही दिनअघि दक्षिणकालीमा छायाँकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ । राजेशपुमा राईको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण