कलाकार गिरीलाई राता मकैको सम्मान
काठमाडौं । वरिष्ठ चरित्र अभिनेत्री लक्ष्मी गिरी सम्मानित भएकी छन् । हास्यकलाकार अभिनेता किरण केसी (ए राता मकै) ले आज (असार १५) आफ्नो जन्मदिनको अवसर पारेर गिरीलाई सम्मान गरेका हुन् । ४ दशक बढी समयदेखि अभिनयमार्फत नेपाली चलचित्र, टेलीचलचित्र, नाट्यक्षेत्रमा योगदान पुर्याएको भन्दै गिरीलाई नगद १० हजार रुपैयाँ राशी सहितको ‘हास्यब्यङ्ग्य कलाकार योगदान सम्मान’ प्रदान गरिएको हो ।
सोही अवसरमा पत्रकार तथा चलचित्र निर्देशक डब्बु क्षेत्रीलाई पनि नेपाली कलाक्षेत्रमा पत्रकारिताको माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै सम्मान गरियो । क्षेत्रीलाई पनि १० हजार रुपैयाँ राशीसहित सम्मान दिइएको हो ।
आफ्ना दिवंगत हजुरबुबा भोजराज केसी, हजुरआमा ऋदयकुमारी केसी, बुबा दुर्गाबहादुर केसी र आमा इन्द्रकुमारी केसीको सम्झनामा ७ वर्षअघि स्थापित सम्मान कलाकार केसीले यस अगाडि हरेक वर्षको असार १५ मा पर्ने जन्मदिनमा एक भव्य कार्यक्रम गर्दै प्रदान गर्ने गर्दथे । यो वर्ष कोरोनाको कहरका कारण उनले कार्यालयमै केही ब्यक्तिको उपस्थितिमा सम्मान प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै