शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राजधानीको कुलेश्वरबाट ६५ लाख रुपैयाँ सहित दुई जना पक्राउ

सोमबार, १५ असार २०७७, १८ : २८
सोमबार, १५ असार २०७७

काठमाडौं । राजधानीको कुलेश्वरबाट स्रोत नखुलेको ६५ लाख ८ हजार सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको सो नगदसहित भारतीय नागरीक शंकर सिंह र बारा जितपुरका रमेश सिंहलाई नियन्त्रणमा लिएको हो । 

सोमबार दिउँसो ३ बजेतिर उनीहरुले अवैध हुन्डी कारोवार गर्दै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रकाउ गरेको हो । 

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप