बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

खोकनाको फरक दृश्य : रोपाइँ गर्न पुगेका किसान र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरु)

सोमबार, १५ असार २०७७, १७ : ३९
सोमबार, १५ असार २०७७

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस ।  मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने असार १५ मा ललितपुरको खोकनामा भने फरक दृश्य देखियो । 

काठमाडौं–तराई फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले रोपाइँ गर्न लागेपछि पुगेको प्रहरीले रोक्ने प्रयास गरेको थियो । त्यसपछि स्थानीयले प्रतिवाद गर्न थालेपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी हुन पुगेको थियो । 
स्थानीयले आफूहरुले रोपाइँ गर्न पाउनुपर्ने अडान लिएपछि प्रहरीको केही चलेन र सोही विवादित ठाउँमा स्थानीयले रोपाइँ गरेका छन् । 

सरकारले फास्ट ट्रयाक बनाउन ज्ग्गा अधिग्रहण गरेको बताए पनि किसानहरूले खोकनाका किसानले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आफूहरुले सरकारबाट मुअब्जा नपाएको समेत दावी गर्दै आएका छन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप