बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआएन पोर्चुगलमा चार पदका लागि निर्वाचन हुने

शुक्रबार, २३ भदौ २०७४, १७ : ५०
शुक्रबार, २३ भदौ २०७४

पोर्चुगल । अधिकांश पदमा निर्विरोध चयन गरिएको एनआएन पोर्चगुलको केहि पदाधिकारीमा भने निर्वाचन हुने भएको छ । आइतबारका लागि तय गरिएको निर्वाचनमा चार पदका लागि मतदान गरिने निर्वाचन समितिले जानकारी गराएको छ । 

३२ सदस्यीय एनआरएन पोर्चुगलमा उपाध्यक्ष ,महिला उपाध्यक्ष ,कोषध्यक्ष र युवा संयोजकका लागि मतदान हुने भएको छ । अध्यक्ष, आईसिसी प्रतिनिधि, र महासचिव लगायतका पदहरुमा निर्विरोध चयन गरिएको छ । अध्यक्षमा कुबेर कार्की चुनिएका छन् । 

आइसीसी प्रतिनिधिमा नरेन्द्र बहादुर हमाल र पेम्बा शेर्पा पनि निर्विरोध चयन गरिएको छ । निराजन सुबेदी महासचिव, अगेइन्द्र गुरुङ र घनश्याम सुबेदी सचिवमा चुनिएका छन् ।

घनश्याम पाण्डे, गोबिन्द प्रसाद सापकोटा र कमल गुरुङबीच उपाध्यक्षका लागि निर्वाचन हुने भएको छ । महिला उपाध्यक्षमा बिष्णु लुइँटेल र गीता राना भिड्दैछन् । त्यस्तै कोषध्यक्षका लागि कुमार तामांग र रमेशराज बास्तोलाबीच प्रतिस्पर्धा हुनेछ । युवा संयोजकमा प्रेमछिरी शेर्पा र रबिन अधिकारी भिड्दैछन् । 

पोर्चुगलमा रहेका नेपालीहरुको समस्याहरुमा हरेक कोणबाट सहयोग गर्ने कार्यमा विगतदेखि  लागि परेको बताउँदै महिला उपाध्यक्षकी प्रत्यासी विष्णु लुइँटेलले आफ्नो जीत सुनिश्चित रहेको बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप