बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा कोरोना प्रभाव सकियो, १२ अंक घटेर बन्द भयो बजार

सोमबार, १५ असार २०७७, १५ : ४१
सोमबार, १५ असार २०७७

काठमाडौं । सेयर बजारमा कोरोनाको प्रभाव सकिएको छ । ९८ दिनपछि कारोबार खुलेको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचकले न्यूनतम बिन्दुलाई छोएर उकालो लागेको हो । 

सोमबार कारोबार सुरु भएको पहिलो ४० मिनेटमा बजार ४८.१७ विन्दुले घटेर नकारात्मक सर्किट ब्रोकर लागेको थियो । नकारात्मक सर्किटपछि केही समय बन्द भएर पुनः कारोबार सुचारु भएसँगै सेयर बजारको घट्ने क्रम रोकिएको हो । त्यसपछि निरन्तर बजार बढ्दै गिरावट दर शून्यको नजिक पुगेको थियो । तर कारोबारको अन्तिम आधा घण्टा बजारले पुनः नकारात्मक गतिलाई समातेपछि परिसूचक १२.८७ अबंकले घटेर बन्द भएको छ । 

सोमबारको कारोबारपछि सेयर बजार ११८८.७० विन्दुमा झरेको छ । सोमबारको कारोबारमा ३४ करोड ७७ लाख रुपैंया बराबरका ९ लाख ७० हजार कित्ता सेयररको किनबेच भयो । 

यो दिन बैंक तथा विकास बैंक समूहले सबैभन्दा बढी गुमाए भने व्यापारमूलक समूहले सबैभन्दा बढी कमाए । आजको कारोबारमा नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, नेपाल इन्भेष्टमेन्ट बैंकका सेयररहरु सकारात्मक सर्किट लागेका छन् भने स्वावलम्वन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी, आशा लघुवित्त, इन्फिनिटी लघुवित्तको सेयररमा नकारात्मक सर्किट ब्रेकर लागेको छ । 

सामान्यतया महामारीपछि स्टक बजारहरु निरन्तर नकारात्मक दिशामा जान्छन् । जब त्यो नकारात्मक गति थामिएर बजारमा क्रेता र बिक्रेताबीच बार्गेनिङ सुरु हुन्छ, त्यो ठाउँलाई गिरावटको अन्तिम विन्दु मानिन्छ । यो हिसाबले कोरोना महामारीको प्रभाव ११५० को विन्दुमा रोकिएको छ । यो विन्दु धेरै लामो समयदेखि कायम रहेको ११ सयको विन्दुभन्दा माथि हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप