मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री वितरण
काठमाडौं– मुक्तिनाथ विकास बैंकलेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशको विभिन्न स्थानहरुका संघसस्थाहरुलाई सहयोग गरेको छ । बैंकको शाखा कार्यालय जनकपुरले चिकित्सक संघ, जनकपुरलाई स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ्य सामग्री खरिद गर्नका लागि रु. ५०,००० आर्थिक सहयोग गरेको छ ।
स्वास्थ्यकर्मीहरु कोरोनाभाइरस संक्रमितहरुसँग प्रत्यक्ष सम्पर्कमा रहँदा कोरोनाभाइरस संक्रमणको उच्च जोखिम हुने भएकोले स्वास्थ्य सामग्री खरिद गर्न उक्त रकम हस्तान्तरण गरिएको हो ।
यसका साथै, शाखा कार्यालय बुटवलले, सियारी गाँउपालिका वडा नं ६, बर्दहवा बुटवलमा रहेको दुर्गा देवी आधारभूत विद्यालयमा अध्यनरत जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीहरुलाई रु ५०,००० बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी, शाखा कार्यालय रामापुर कोलोनीले, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई टोल सफा राख्नका लागि डस्टवीन हस्तान्तरण गरेको छ ।
साथै, क्षेत्रीय कार्यालय पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन निर्माण समिति, कास्कीलाई भवन निर्माणका लागि २५,००० बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले जिल्ला ट्राफिक प्रहरीको आफ्नै भवन निर्माण गर्नका लागि सहयोग गरेको हो ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३६ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबाईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु प्नि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग २–१ गोलले हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै