केन्द्रीय संस्करण

सुशान्त सिंहको यादमा नायिका भूमि पेडणेकरद्वारा ५५० परिवारलाई खाना खुवाउने संकल्प

person explore access_timeअसार १५, २०७७ chat_bubble_outline0

सुशान्त सिंह राजपूतको मृत्यु भएको १६ दिन बितिसकेको छ । उनीसँग काम गरेका उनका थुप्र्रै सहकर्मीले विभिन्न तरिकाले उनलाई सम्झिरहेका छन् । सोनचिरैयामा सुशान्तकी सहकर्मी भूमि पेडणेकरले सुशान्तको यादमा निकै राम्रो काम गर्ने सोच बनाएकी छिन् । भूमिले अभिषेक कपुरकी श्रीमती प्रज्ञासँग मिलेर द अर्थ फाउन्डेशनमार्फत् ५ सय ५० खाँचोमा परेका परिवारलाई खाना खुवाउने भएकी छिन्  । यसको जानकारी उनले इन्स्टाग्रामको एउटा पोस्टमार्फत् दिइन् ।

सुशान्तको फोटोसहित भूमिले लेखिन्, ‘मैले ‘एक साथ फाउन्डेशन’ मार्फत् आफ्ना प्रिय साथीको यादमा ५५० गरिब परिवारलाई खाना खुवाउने संकल्प गरेकी छु । आउनुहोस्, हामी साथ मिलेर खाँचो परेका व्यक्तिहरुप्रति दया र प्रेम देखाऔं किनभने अहिले उनीहरुलाई यसको सबैभन्दा धेरै खाँचो छ ।’

 
 
 
 
 
 
 
 
 
 
 
 
 

🙏 . . . @eksaathfoundation

A post shared by Bhumi✨ (@bhumipednekar) on

तिमी सधैं स्टार रहनेछौं सुशान्तः

यसअघि सुशान्तको मृत्युको खबर सुनेर एक भावुक पोस्टमा भूमिले लेखेकी थिइन्, ‘तिम्रो आत्माले शान्ति पाओस् साथी । हैरान छु र दुःखी पनि । तिमी छैनौं भनेर अहिले पनि विश्वास लागिरहेको छैन । म स्टार र हाम्रो अन्तहीन कुरामाथि एकटक भएर हेरिरहेकी छु । तिमी त्यहाँ अरुसँगै जगमगाइरहेका छौ । किनभने तिमी स्टार हौ र सधैं रहनेछौ मेरो प्रिय सुशान्त ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.