हेलम्बु एफएममा आक्रमण
सोमबार, १५ असार २०७७, १२ : ५६
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाबाट प्रसारण भइरहेको हेलम्बु एफएमको स्टेशनमा गए राति आक्रमण भएको छ । स्थानीय एक युवाले मादक पदार्थ सेवन गरी राति करिब पौने ९ बजे आक्रमण गरी कार्यालयमा क्षति पुर्याएका हुन् ।
चौतारा साँगाचोकगढी नगरपालिका–५ का भोजबहादुर थापामगरले मादक पदार्थ सेवन गरी तथानाम गालीगलौज गर्दै एफएमको कार्यालयमा बञ्चरो प्रहार गरेर ढोका तथा झ्यालका सिसा तोडफोड गरी कार्यालयमा क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफलेले बताए ।
प्रहरीले घटनामा संलग्न थापामगरको खोजी गरिरहेको र घटनास्थलबाट एकथान बञ्चरोसमेत बरामद गरेको जनाएको छ । रेडियो सञ्चालनका लागि उपयुक्त वातावरण नबनेसम्मका लागि केही दिनका लागि प्रसारण सेवा बन्द गरिने स्टेशन प्रमुख ङेम्लिङ लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला