शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एफए कप सेमिफाइनल : युनाइटेड र चेल्सी, आर्सनल र सिटी भिड्ने

सोमबार, १५ असार २०७७, ११ : ४३
सोमबार, १५ असार २०७७

एफए कपको सेमिफाइनलमा म्यान्चेस्टर युनाइटेड र चेल्सीबीच भिडन्त हुने भएको छ भने आर्सनलले साबिक विजेता म्यान्चेस्टर सिटीको सामना गर्नेछ । सेमिफाइनलमा प्रतियोगिताका तीन सबैभन्दा सफल टोली आमने सामने हुँदैछन् ।

आर्सनलले कीर्तिमानी १३ पटक यो उपाधि जितेको छ भने नर्विचलाई हराउँदै सेमिफाइनल पुगेको म्यान्चेस्टर युनाइटेडले १२ पटक यो प्रतियोगिता जितेको छ । लेस्टरलाई हराएको चेल्सीले ८ पटक यो उपाधि जितेको छ ।

सेमिफाइनल खेल १८ र १९ जुलाईमा वेम्बलेमा हुनेछ । फाइनल अगस्त १ मा सोही मैदानमा खेलाइनेछ ।

डिफेन्डिङ च्याम्पियन सिटीले न्युक्यासललाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । आर्सनलले भने सेफिल्ड युनाइटेडलाई संघर्षपूर्ण खेलमा हराउँदै अन्तिम चारमा स्थान पक्का गर्यो ।

यसअघि युनाइटेड र चेल्सी सन् २०१८ को फाइनलमा भिडेका थिए । उक्त खेल चेल्सीले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप