शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा एकैदिन १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि

सक्रिय संक्रमितको संख्या १ हजार ८९९ पुग्यो
सोमबार, १५ असार २०७७, ०८ : ००
सोमबार, १५ असार २०७७

सुदूरपश्चिम प्रदेशमा थप १ सय ९६ मा कोभिड १९ संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार ८९९ पुगेको छ । आइतबार बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ सय ९६ जनामा संक्रमण पुष्टि भएको होे । यसअघि नै ३ सय ६७  संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा २,  त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६४, कर्णाली अस्पताल प्रयोगशालामा ३२, र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ९८  जनामा संक्रमण पुष्टि भएको  स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएका मध्ये कैलालीका २१ पुरुष र ८ महिला, बाजुराका ४९ पुरुष र ४७ महिला, डाटीका ५२ पुरुष र १७ महिला र दार्चुलाका २ पुरुष रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।

प्रदेशमा हालसम्म १७ हजार ५१० जनाको पीसीआर बिधिवाट जाँच गरिएको र १५ हजार २३८ मा नेगेटिभ आएको उनले बताए । ४५०९ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिवाट १ लाख ९ हजार ६९३ जनामा परिक्षण गरिएको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका  १३३, बैतडीका २३१, बझाङ्गका ७२, बाजुराका २८७, डडेल्धुराका २२७, दार्चुलाका १७, डोटीका ३९२, कैलालीका ६०६, कञ्चनपुरका ३०७ गरी २२ सय ७२  रहेका छन् ।

क्वारेन्टिाइनमा १२ हजार ५८९ पुरुष र ३ हजार २४६  महिला  रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद ३१ र संक्रमित १२२ गरी १५३ जनाको  उपचार भइरहेको छ । ६२८ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।

हाल सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुरमा ४४, महाकालीमा २८, अछाममा १०, बझाङ्गमा १, डोटीमा २ ,बाजुरामा ४, दार्चुलामा १  र मालाखेती अस्पतालमा २ जना संक्रमितको उपचार भइरहेको उनले बताए । बाँकी भने ९ वटै जिल्लाको आईसोलेसनमा रहेको कार्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप