बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानमा रियलको दुई अंकको अग्रता

सोमबार, १५ असार २०७७, ०७ : १७
सोमबार, १५ असार २०७७

एस्पानियोलविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै रियल म्याड्रिडले ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउन सफल भएको छ । रियलको जीतमा कासिमेरोको एक मात्र गोल निर्णायक बन्यो । करिम बेन्जेमाको उत्कृष्ट ‘नो लुक’ पासमा गोल गर्दै कासिमेरोले रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए ।

ब्राजिललियन खेलाडी यसअघि पनि गोलको नजिक पुगेका थिए । आफ्नै हाफबाट गरेको प्रहारलाई गोलकिपर डिएगो लोपेजले बचाऊ गरेका थिए । एस्पानियोलले पनि गोलका लागि थुप्रै अवसर पाएको थियो । रियलका गोलकिपरले थियाबट कोर्टवाले पाँच वटा बचाऊ गर्न परेको थियो ।

शनिबार मात्र एस्पानियोलले नयाँ म्यानेजर पाएको थियो । अबेलार्डो फर्नान्डेजलाई बर्खास्त गर्दै एस्पानियोलले स्पोर्टिङका निर्देशक फ्रान्सिस्को रुफेटेलाई नयाँ म्यानेजर नियुक्त गरेको थियो । यो सिजन क्लबले तीन जना प्रक्षिकलाई बर्खास्त गरेको छ ।

साबिक विजेता बार्सिलोना शनिबार भएको खेलमा बराबरीमा रोकिएपछि अब रियल उपाधीबाट ६ जीत अथवा ५ जीत र एक बराबरी टाढा रहेको छ । उपाधि हात पारे सन् २०१२ पछि रियलको यो पहिलो लिग उपाधि हुनेछ ।

एथ्लेटिको म्याड्रिडले बिहीबार हुने बार्साबिरुद्धको खेलमा रियललाई थप मद्दत गर्न सक्नेछ । ३२ खेलपछि रियलको ७१ अंक रहेको छ भने बर्सा ६९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अन्य खेलमा लेभान्तेले रियल बेटिसलाई ४–२, भिल्लेरियालले भ्यालेन्सियालाई २–० र ईबारले ग्रानाडालाई २–१ गोलअन्तरले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप