शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिवन्धित नेकपाका ६  नेता–कार्यकर्ता पक्राउ

आइतबार, १४ असार २०७७, १७ : ४८
आइतबार, १४ असार २०७७

कैलाली । विप्लव नेतृत्वको प्रतिवन्धित नेकपाका ६ जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कैलाली जिल्लाका ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

पक्राउ पर्नेमा कैलाली जिल्ला जनसरकार प्रमुख दल बहादुर वि.क.सहित लक्की शाह, डम्वर सुनार, सुवाष जोशी, प्रकाश रावल र बबर जंग सिंह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले जानकारी दिए ।

लामो समयदेखि धनगढी उपमहानगरपालिका वडा नं. ९ वस्ने दल बहादुर वि.क. विक खरखजना विष्फोटक पदार्थ र संगठित अपराध मुद्धामा फरार रहेकोमा  प्रहरीले उनलाई आज धनगढी उपमहानगरपालिका जुगेडाबाट पक्राउ गरेको थियो । सोही क्रममा उनीसँगै रहेका अन्य ५ जनाले प्रहरी टोलीमाथि अभद्र व्यवहार गरी भगाउन खोज्दा उनीहरुलाई समेत पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप