बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्सको गत आर्थिक वर्षको बीमा शुल्क १ अर्व ८६ करोड बढी

आइतबार, १४ असार २०७७, १७ : १०
आइतबार, १४ असार २०७७

काठमाडौं– सिद्धार्थ इन्स्योरेन्स कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु.१ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 

असार १३ गते शनिबार कम्पनीको १८औं वार्षिक साधारण सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

उक्त सभामा अध्यक्ष केडियाले आ.व. २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु.१ अर्व ८६ करोड २१ लाख ६१ हजार बीमा शुल्क आर्जन गरेकोे जानकारी गराएका हुन् ।

सभाले आगामी ४ वर्षको लागि सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडियालाई सञ्चालक पदमा र्निविरोध निर्वाचित गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप