शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भारतद्वारा सीमाक्षेत्रमा भिडन्तको आशंकामा एयर डिफेन्स हतियार प्रणालीसहित सेना परिचालन

आइतबार, १४ असार २०७७, १५ : ०३
आइतबार, १४ असार २०७७

पूर्वी लद्दाखमा चीनबाट हुनसक्ने कुनै पनि आक्रामक कदमलाई दुरुत्साहित गर्ने सैन्य योजनाअन्तर्गत भारतले संवदेनशील क्षेत्रमा एयर डिफेन्स हतियार प्रणालीसहित सैन्य संख्या बढाएको द हिन्दूस्तान टाइम्सले जनाएको छ । 
यसअघि गलवान क्षेत्रमा भएको भिडन्त २० भारतीय सैनिक मारिएका थिए भने १५ जना घाइते भएका थिए, यता चीनतर्फ भने हालसम्म क्षतिको कुनै विवरण सार्वजनिक गरिएको छैन । 

‘पूर्ण तयार हुनुपर्ने यो अवस्थामा हामी कुनै पनि घटनाका लागि तयार छौं भनेर समन्वयकारी भूमिका निभाइरहेका सबै निकायबाट आवश्यक मापदण्ड अपनाइएको छ,’ नाम उल्लेख नगरिएका एक व्यक्तिले भनेका छन् ।  

भारतको सैनिक आर्सनलमा स्थानीय आकाश, इजरायली स्पाई डेर, सेभियतकालिन पेचोरा र ओएस–एके प्रणालीजस्ता एयर डिफेन्स हतियार समावेश छन् । एयर डिफेन्स प्रणालीले फाइटर जेट, हेलिकप्टर र एरियल गाडीहरुको निशाना रोक्नसक्छ । 

‘चिनियाँ पक्षले सैनिक बढाएसँगै प्रतिक्रिया स्वरुप हामीले पनि आफ्नो सेना र हतियार बढाएका छौं । हामी सीमा क्षेत्रमा कडा रुपमा चनाखो भइरहेका छौं र पिएलएले चाल्ने कुनै पनि खतरनाक कदमको प्रतिक्रिया दिन पूर्ण तयार छौं,’ अर्का एक अधिकारीले भनेका छन् । 

वरिष्ठ भारतीय र चिनियाँ अधिकारीबीच २२ जुनमा सीमा क्षेत्रमा हिंसा निम्त्याउनेगरी कुनै कदम नचाल्ने सहमति भएको थियो । यद्यपी, चीन रोकिएको छैन, बरु गलवान क्षेत्रमा आफ्नो सैन्य गतिविधि बढाएको छ । १५ जुनमा भारतीय र चिनियाँ फौजबीच भिडन्त भएको स्थाननजिकै तथा अन्य ठाउँमा सैनिक संख्या, सैन्य गाडी, अन्य उपकरण र भौतिक पूर्वाधार निर्माण बढाइरहेको छ । 

‘जब परिस्थितिको अन्त्य हुने अवस्था अनुमान लगाउन सकिन्न, सैन्य सावधानीले त्यतिबेला सबैभन्दा खराब अवस्थाका लागि तयार रहनु भन्छ,’ अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल बीएस जैसवालले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप