बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नयाँ लेम्बोर्गिनी किने, २० मिनेटमै भयो यस्तो हाल !

आइतबार, १४ असार २०७७, ०९ : ४०
आइतबार, १४ असार २०७७

नयाँ गाडीमा एउटा सानो दाग लाग्दा पनि मन दुख्छ । यहाँ त २० मिनेट अघि किनेको लेम्बोर्गिनी कारको पछाडिको भाग नै उडेको छ । सोच्नुहोस् त मालिकको हालत कस्तो भयो होला ?

बेलायतको वेस्ट वर्कसायरस्थित एमवानमा २ लाख पाउन्ड (२ करोड ९८ लाख रुपैयाँ) पर्ने स्पोर्ट कार दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त लेम्बोर्गिनीलाई एउटा भ्यानले पछाडिबाट ठक्कर दिएको थियो

लेम्बोर्गिनी चलाएका ड्राइभरको टाउकोमा चोट लागेको छ, तर चोट सामान्य रहेको छ ।

 वेस्ट योर्कसायरका प्रहरीले उक्त कारको फोटो बुधबार पोस्ट गर्दै लेखेका छन्, ‘यो एउटा कार मात्रै हो ! तर यो ब्रान्ड न्यू लेम्बोर्गिनीर्ला २० मिनेट अघि मात्रै खरिद गरिएको थियो । प्राविधिक खराबीका कारण यो लेन ३ मा नै रोकेर राखिएको थियो । त्यति नै बेला पछाडिबाट अर्को गाडीले ठक्कर दिएको थियो ।’

उक्त घटनामाथि थुप्रै ट्वीटर प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन्ः

विश्वास किन्न सकेनः

म त घर किन्थेँः

दुःखदः

इन्स्योरेन्स कम्पनी त....

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप