बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

सक्रिय संक्रमितको संख्या १७ सय १२ पुग्यो
आइतबार, १४ असार २०७७, ०९ : २६
आइतबार, १४ असार २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २१४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि  सक्रिय संक्रमितको संख्या  १७ सय १२ पुगेको छ । शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षण बाट २१४ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि नै ३५८  संक्रमित निको भइ घर गइसकेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ११६, वीर अस्पताल प्रयोगशालामा ६, शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा ६२ र सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट ३०  जनामा पुष्टि भएको  स्वास्थ्य निर्देशनालय डोटीले मिडिया व्रिफिङ्गमा जानकारी दिएको छ ।

पुष्टि भएका मध्ये कैलालीका २० पुरुष र ६ महिला, कञ्चनपुरका ३ पुरुष, अछामका १६ पुरुष र ३ महिला, बाजुरा ५१ पुरुष र १२ महिला छन । त्यसैगरी बैतडीका २१ पुरुष र ६ महिला, डडेल्धुराका ६ पुरुष र १ महिला, डोटी ३७ पुरुष र २४ महिला, बझाङ्ग ७ पुरुष र १ महिला  रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

प्रदेशमा हालसम्म १६ हजार ९३५ जनाको पीसीआर बिधिवाट कोरोना परीक्षण गरिएको र १४ हजार ८५९ को नतिजा नेगेटिभ आएको कार्कीले बताए । ४ हजार १७४ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिवाट १ लाख ८ हजार ३५८जनामा परिक्षण गरेको छ ।

हालसम्म फेला परेका संक्रमितहरु अछामका  १३३, बैतडीका २३१, बझाङ्गका ७२, बाजुराका १९१, डडेल्धुराका २२६, दार्चुला १६, डोटीका ३२३, कैलालीका ५७७, कञ्चनपुरका ३०७ गरी २०७६ रहेका छन् ।

क्वारेन्टिनमा १२ हजार ९१९ पुरुष र ३ हजार ४८३  महिला रहेका छन् ।  सेती प्रादेशिक अस्पताल धनगढीमा १०, टिकापुरमा ४४, महाकालीमा १३, अछाममा १०, बझाङ्गमा १, डोटीमा १, बाजुरामा १, डडेल्धुरामा ३४, दार्चुलामा १  र मालाखेती अस्पतालमा २० जना संक्रमितको उपचार भइरहेको छ । बाँकी भने ९ वटै जिल्लाको आइसोलेसनमा रहेको कार्कीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप