शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवादको असरः करन जोहरले मामी फिल्म फेस्टिबलको बोर्डबाट दिए राजीनामा, दीपिकाले फकाइन् तर मानेनन्

आइतबार, १४ असार २०७७, ०८ : १६
आइतबार, १४ असार २०७७

करन जोहरले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात् मामीलाई आफ्नो राजीनामा सुम्पिएका छन् । उनी यो फिल्म फेस्टिबलका बोर्ड सदस्य थिए । सुशान्त सिंह राजपूतको आत्महत्यापछि फिल्मनिर्मातामाथि लगातार परिवारवादलाई प्रोत्साहन दिएको आरोप लागिरहेको थियो ।

निर्देशक स्मृति किरणलाई राजीनामा मेल गरेः

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारलाई विश्वास गर्ने हो भने करनले मामीकी निर्देशक स्मृति किरणलाई राजीनामा मेलमार्फत् पठाएका हुन् । फेस्टिबलकी सभापतिसमेत रहेकी नायिका दीपिका पादुकोणले करनलाई मनाउन पूरा कोसिस गरेको बताइन्छ । तर करनले दीपिकाको कुरा खाएनन् । मामीको बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र कबिर खान समावेश छन् ।

के बलिउड सेलिब्रिटीसँग रिसाएका छन् करन ?

केहि रिपोर्टमा दाबी गरिए अनुसार करन बलिउडका सेलिब्रिटीसँग रिसाएका छन् । उनीमाथि लगातार परिवारवादको आरोप लागिरहेका बेला उनलाई कुनै पनि सेलिब्रिटीले साथ नदिएको बताइन्छ ।

आफूलाई ‘लो प्रोफाइल’ मा राखिरहेका छन्ः

करन जोहर पछिल्लो केहि दिनदेखि आफूलाई लो प्रोफाइलमा राखिरहेका छन् । उनले ट्वीटरमा ८ व्यक्ति (अमिताभ बच्चन, अक्षय कुमार, शाहरुख खान, नरेन्द्र मोदी र आफ्नै कार्यलयका चार सदस्य) बाहेक सबैलाई अनफलो गरेका छन् । साथै सर्वसाधारणका लागि इन्स्टाग्रामको कमेन्ट सेक्सन पनि लक गरेका छन् ।

करनले पाए शत्रुघ्न सिन्हाको समर्थनः

परिवारवादको मुद्दामा शत्रुघ्न सिन्हाले करन जोहरको समर्थन गरेका छन् । उनले एक अन्तरवार्तामा करनलाई बिना कुनै कारण निशानामा पारिएको बताए । उनले भने, ‘आलियालाई करनले लञ्च गरेका हुन् । तर आलिया उनको आफन्त होइनन् । तसर्थ यसमा परिवारवादलगायतका केहि पनि कुरा छैनन् ।’

सुशान्तलाई श्रद्धाञ्जली दिँदै शत्रुघ्न सिन्हाले भने, ‘उनले यति ठूलो निर्णय किन गरे, त्यो त भगवानलाई नै थाहा होला । उनको निधन पछि कुनै कारण बिना केहि मानिसहरुलाई तानिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप