कृषक र स्वास्थ्य संस्थालाई मास्क र पीपीई वितरण
नेपाली कांग्रेसका युवा नेता भगवान् अधिकारीको समन्वयमा काभ्रेको बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाका स्वास्थ्य संस्थामा मास्क वितरण गरिएको छ ।
चम्बर अफर कमर्स ललितपुरका सचिव हरिहर अधिकारी, शिक्षाविद्द्वय अरुण केसी र ज्ञानेन्द्र पराजुली, सञ्जिव बानियाँलगायतले मास्क उपलब्ध गराएका हुन् ।
बेथानचोक गाउँपालिकाका सम्पूर्ण वडाका कृषकहरुलाई लक्षित गरी मास्क र हेल्थ सेन्टरहरुका लागि पिपिइ सेट हस्तान्तरण गरिएको छ ।
नेपाली कांग्रेस बेथानचोक गाउँपालिकाका सभापति कृष्णबहादुर पाख्रिन र सचिव गोविन्द अधिकारीको उपस्थितीमा भएको कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा विभिन्न वडाका अध्यक्ष सोमप्रसाद घिमिरे, भगवान् घिमिरे, दिलबहादुर श्रेष्ठ र लालबहादुर श्रेष्ठमार्फत स्वास्थ सामाग्री हस्तान्तरण गरिएको छ । त्यसैगरी, पनौती नगरपालिका बल्थलीका दुग्ध कृषकहरुसमक्ष पु¥याउनका लागि वडा अध्यक्ष तारामान लामा, नेपाली कांग्रेस बल्थलीका पार्टी पार्टी सभापति चेतनाथ भारती, पूर्व सभापति सूर्यप्रसाद पराजुली, नेता आत्मराम सत्याल, सन्जु पराजुलीलगायत नेताहरुलाई मास्क हस्तान्तरण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?
-
अर्जुनराज खनिया एनआईसी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
-
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालिएकी बालिकाको पनि मृत्यु
-
कहिले सकिएला बुटवल–नारायणगढ सडकको काम ? (तस्बिरहरू)
-
उपनिर्वाचन : कस्ता सवारी साधनलाई हुँदैन रोकावट ?
-
कोलकाताविरुद्धको जितमा पञ्जाबले रच्यो नयाँ इतिहास