शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लकडाउनमा पनि नियमित खोप सेवा सञ्चालन

शनिबार, १३ असार २०७७, १४ : ३४
शनिबार, १३ असार २०७७

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्राालयले बन्दाबन्दी (लकडाउन)मा पनि नियमित खोप सेवा सञ्चालन गरेको छ ।

 मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को कारणले केही सङ्क्रमण बढी देखिएको स्थानमा बाहेक अन्य ठाउँमा नियमित खोप सेवा सञ्चालन गरेको छ । 

स्वास्थ्य सेवा विभागको वालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले नियमित खोप सेवा अन्तर्गतका सबै खोप सञ्चालन गर्न नसकेपनि ३५ प्रतिशत खोप मात्र सञ्चालन गरिएको  बताए । उहाँले सङ्क्रमित बढी देखिएका स्थानीय तहबाहेक अन्य ठाउँमा नियमित अन्तर्गतका खोप सेवा दिइएको बताए । 

‘‘हामीले नियमित खोप दिन नसकेपनि केही बालबालिकालाई खोप दियौँ’’ उनले भने, ‘‘मन्त्रालयले वैशाख १० गते खोप रोक्नुहुँदैन भनेपछि नियमित खोप सञ्चालन ग¥यौ । ’’ सङ्क्रमण बढ्दै गएपछि चैत २१ गते मन्त्रालयले नियमित खोप सेवा रोकेको थियो । नियमित खोप नदिँदा बालबालिकालाई प्रभाव पर्ने भन्दै मन्त्रालयले खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । 

वर्षेनी जन्मेदेखि १५ महिनासम्मका छ लाख २० हजार बालबालिकालाई सरकारले निःशुल्करुपमा विसिजी, डिपीटी, पोलियो, दादुरा, रुवेलालगायतका १२ प्रकारका खोप सेवा दिँदै आएको छ । ती खोप सेवा १६ हजार खोप सेवा केन्द्रबाट करिव ५२ हजार महिला स्वास्थ्य स्वयमसेविकाले दिने गर्दछन् । यसैगरी विभागले खोप सेवासँगै सरसफाई प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि खोप लगाउन आउने आमालाई सरसफाई कसरी गर्ने भन्ने सिकाइने शाखाका प्रमुख डा  गौतमले बताए ।

नियमित खोप सेवा बच्चालाई लिन आएको बेला खोप केन्द्रमा नै बालबालिकाका आमालाई सरसफाई प्रवद्र्धन सिकाइने छ । कार्यक्रम अन्तर्गत हात धुने, स्तनपान, खानेकुरा खुवाउने, दिसापिसावजस्ता काम कसरी गर्ने भन्ने आमालाई सिकाइने छ । यसरी सरसफाईमा र वातावरणीय सरसफाईमा ध्यान दिँदा बालबालिकालाई झाडापाखाला र अन्य रोग कम लाग्ने गर्दछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप