शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राखेपका पूर्वसदस्य–सचिव सिंहको निधन

शनिबार, १३ असार २०७७, १३ : ५३
शनिबार, १३ असार २०७७

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको  छ । सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप