शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएईबाट थप एक सय ४६ नेपाली स्वदेश फर्किए

शनिबार, १३ असार २०७७, १० : २३
शनिबार, १३ असार २०७७

युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका थप एक सय ४६ जना नेपाली आज नेपाल फर्किएका छन्।

नेपाल एयरलाइन्सको उडान नम्बर आर– ए २२९२ मार्फत  युएईको दुबई बिमानस्थलबाट आज बिहान एक सय ४६ जना स्वदेश फर्किएका हुन्।

आज फर्कनेहरुमा फ्लेक्स फेसेलिटी म्यानेजमेन्ट्का १ सय २० जना, सिटीमेड फेसेलिटी म्यानेजमेन्ट्को १० जना, इमिरेट्स क्यावको ६ जना, २ जना गर्भवती र ५ जना बिमारी र ३ जना भिसिट भिषामा विचल्लीमा परेकाहरु हुन्। उनीहरु दूतावासको प्राथमिकतामा परेका पीडितहरु हुन्।

उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल फर्केका हुन्। उनीहरुलाई विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। 

उनीहरुको सहजीकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल, श्रम काउन्सिलर निर्मला थापा, जनसंपर्क अधिकृत इरफान आलम र सहदेव गिरी दुबई विमानस्थल पुगेका थिए।

साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व उप संयोजक मनोज कुमार श्रेष्ठ गोर्खाली एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा र कोषाध्यक्ष विकास शाही पनि विमानस्थल पुगेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप